News Portal

  • सासबाटै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ कात्तिक
    १५४६ पटक
    भक्तपुर, १८ कात्तिक

    वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो।

    सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ।

    उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त काेराेना भए/नभएकाे पत्ता लागेकाे ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र कोरोना परीक्षण गर्न अन्य कुनै नमुना लिन नपर्ने तथा जनशक्ति नचाहिने र केही मिनेटभित्रै नतिजा आउने बताए।

    यो प्रविधि हवाई तथा स्थल यातायात क्षेत्रमा काेराेना परीक्षण गर्न बढी उपयोग हुने उनकाे भनाइ छ। इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा याे उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...