News Portal

  • कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ७ मङ्सिर
    २४२१ पटक
    भक्तपुर, ७ मङ्सिर

    आन्तरिक राजस्व कार्यालयले ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ को अवसर पारेर कर्मचारी रुपक ढकाललाई पुरस्कृत गरेको छ । प्रत्येक कर दिवसका दिन एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको कार्यालयले यस वर्ष ढकाललाई पुरस्कृत गरेको हो ।

    रुपक ढकाल आन्तरिक राजस्व कार्यालय भक्तपुरको डाटा इन्ट्री सुपरभाइजर पदमा कार्यरत कर्मचारी हुन् । कर प्रशासनमा रही उल्लेखनीय एवं प्रशंसनीय कार्य गरेवापत उनलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । पुरस्कृत ढकाल भक्तपुर नगरपालिका वडा नम्बर १० का स्थानीय बासिन्दा समेत हुन् ।

    आइतवार ढकाललाई एक विशेष समारोहका बीच प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रशंसा पत्र र नगद सहित पुरस्कार प्रदान गरेकी छन् । कर्मचारी ढकालसंगै उत्कृष्ट करदाताको रुपमा व्यवसायी होम प्रसाद गौतम (मुकुन्द) समेत पुरस्कृत भएका छन् । कार्यालयले गत आर्थिक वर्षमा सर्वाधिक कर तिरेवापत व्यवसायी गौतमलाई पुरस्कृत गरेको हो । उनी ‘मेडिकल सप्लायर्स’ हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले सेवाग्राहीमैत्री व्यवहार कर्मचारीमा हुनुपर्ने अत्यावश्यक योग्यता भएको बताइन् । प्रजिअ पाण्डेले प्रक्रियाको नाममा सेवाग्राहीलाई सास्ती दिन नहुने भन्दै जनताको कर लिएर जनतालाई दुख दिने छुट कर्मचारीलाई नभएको प्रष्ट पारिन् । त्यसैगरी उनले कर तिर्नुपर्ने दायित्वबाट भाग्न नहुनेमा जोड दिंदै कर तिर्ने व्यवसायीको देश बिकासमा योगदान रहने बताइन् ।

    कार्यक्रममा प्रमुख कर अधिकृत गगनबहादुर बिकेले व्यवसायीहरुलाई करको दायरामा ल्याउन आफूहरु लागिपरेको जानकारी गराउदै करको दायरामा आउँन व्यवसायीलाई अपिल समेत गरे । कर बिना राष्ट्र समृद्ध हुन नसक्ने जिकिर गर्दै  उनले कर तिर्नु नागरिकको कर्तब्य भएको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...