News Portal

  • भक्तपुरकी सिडिओ हुमकला पाण्डेको सरुवा

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ७ मङ्सिर
    ६६१२ पटक
    भक्तपुर, ७ मङ्सिर

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो ।

    गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको सरुवा भएको पुष्टि गरेका हुन् । आइतवार काठमाडौंका सिडिओ जनकराज दाहाल लगायत केहि जिल्लाका सिडिओ सरुवा गर्ने विषयमा उठाइएको फाइल सदर भएसंगै भक्तपुरकी सिडिओ पाण्डेको पनि सरुवा भएको उनले पुष्टि गरे ।

    गृहमन्त्री थापाका स्वकीय सचिव बिरु तामाङ्गका अनुसार याे नियमित सरुवा हाे । भक्तपुरकी सिडिओ पाण्डेले एक वर्ष भक्तपुरमा सफलतापूर्वक कार्यकाल पूरा गरेकाले उनलाई मन्त्रालयमा सरुवा गरिएकाे तामाङ्गले जानकारी गराए । भक्तपुरमा भने धनुषाका सिडिओ प्रेम भट्टराईलाई ल्याउने निर्णय भएको बताइएको छ । धनुषामा सिडिओ भएको ३ महिनामै भट्टराईलाई भक्तपुर सरुवा गर्ने गृहको निर्णयलाई भने गृह प्रशासनमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रजिअ पाण्डेको सरुवा हुने निर्णय भएसंगै राजनीतिक हस्तक्षेपबाट पर हटेर स्वतन्त्र र पेशागत निर्णय लिनसक्ने एक सशक्त सिडिओलाई भक्तपुर बिदाइ गर्न बाध्य बनेको छ । अर्घाखाँचीमा जन्मिएकी तथा गुल्मी घर भएकी भक्तपुरकी प्रजिअ पाण्डे बाैद्धिक र याेजनाबद्ध कार्य सम्पादन गर्ने एक सफल प्रमुख जिल्ला अधिकारीमा आफ्नो नाम दर्ज गराउन सफल सहसचिव हुन् । बाहिरी दबाबमा नपरी कानुनसम्मत र विवेकशील निर्णय गर्ने कारण उनी भक्तपुरमा हालसम्म बिबादमा परेकी छैनन् ।

    एक वर्ष अघि हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय प्रमुखबाट सरुवा भइ भक्तपुरको प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेकी पाण्डेले भक्तपुरमा आफूलाई योग्य सावित गर्न सफल भइकी छन् । गत साउनमा गृह मन्त्रालयले गरेको आन्तरिक मूल्यांकनमा उनी ७७ सिडिअेामध्ये उत्कृष्ट १९ भित्र पर्न सफल भएकी थिइन् । उनी अघिका सिडिओ कार्यसम्पादन मूल्यांकनमा ६४औ नम्बरमा पर्दा पाण्डेले आफूलाई १९ नम्बरमा पार्दै आफ्नो योग्यता सावित गरेकी हुन् ।

    कोभिड १९ रोकथाम र नियन्त्रणमा प्रजिअ पाण्डेको कार्यसम्पादन निकै प्रशंसनीय मानिएको छ । स्थानीय सरकार र स्थानीय बासिन्दाको बिरोधका बाबजुद प्रजिअ पाण्डेकै सक्रियता र समन्वयकारी भूमिकाका कारण खरीपाटीमा चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थीलाई क्वारेन्टाइन बनाइ राख्न सफलता मिलेको थियो । त्यसयता पनि उनको सक्रियताका विषयलाई लिएर मानिसहरुले महिला नेतृत्व भएपनि काम गर्न सक्ने याेग्यता र तत्परता पुरुष सिडिओ भन्दा बढी भएको भन्दै उनको प्रशंसा गर्दै आएका छन् ।

    कोभिड १९ को विषमताका बीच भक्तपुरका सरकारी सम्पतीको संरक्षण र सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई जनमुखी र सेवाग्राहीमैत्री बनाउन उनले सार्थक पहल गरेकी छन् । उनले कुनैपनि दबाबमा नपरी कार्यसम्पादन गर्न मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन नै दिएकी थिइन् । नेताको अघिपछि हिड्न नरुचाउने र कानुन बिपरितका भनसुन नसुन्ने उनको स्वभावका कारण उनी कर्मचारीबीच लोकप्रिय छिन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...