News Portal

  • चाँगुनारायणस्थित इञ्जिनियरिङ्ग कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, १० मंङ्सिर
    १६७६ पटक
    चाँगुनारायण, १० मंङ्सिर

    चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका तत्कालिन संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगी मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चाैसट्ठी वर्षिय न्यौपानेलाई उनकै चण्डोलस्थित निजी निवासबाट नियन्त्रणमा लिएको ब्युरोका उपनिर्देशक बेलबहादुर पाण्डेले पुष्टि गरेका छन् । आजै (बुधवार) पक्राउ परेका न्यौपाने प्रहरी हिरासतमा रहेका र उनीमाथि अनुसन्धान भैरहेको बताइएको छ ।

    चाँगुनारायण ४ स्थित नेपाल इञ्जिनियरिङ्ग कलेजको सम्पत्ति बिभिन्न परिपंच गरी न्यौपाने सहितका व्यक्तिले आफ्नो नाममा पारेको अभियोगमा उनलाई पक्राउ गरी अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ । तथ्यगत रुपमा खुलेको ८ करोड २१लाख र लेखापरीक्षण बाट बेरुजु देखिएको २३ करोड १० लाख बढी रकम तत्कालिन अध्यक्ष न्यौपाने लगायतले हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

    कजेजको सम्पत्ति हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा हेरेको थियो । त्यो बेला अख्तियारका तत्कालीन आयुक्त राज नारायण पाठकले ७० लाख घुस लिएको अडियो सार्वजनिक भएपछी उनले राजिनामा दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...