News Portal

  • देशलाई बर्बाद हुने दिशामा नलगौं : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ९ माघ
    १०१५ पटक
    काठमाडौं, ९ माघ

    सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता प्रतिरोधमा उत्रिएका छन् ।

    अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल त्यसैगरी वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताको सहभागितामा विशाल र्याली पछि जनसभा आयोजना गरिएको थियो ।                                                                         

    काठमाडौंको भृकुटिमण्डप, भद्रकाली र रत्नपार्क क्षेत्रका सडकलाई समेट्नेगरि टुंडिखेलको आडमा मञ्च तयार पारेको नेकपाले प्रदर्शनी मार्ग, भद्रकाली र रन्तपार्क सम्मको सडकमा बस्न मिल्ने व्यवस्था गरेको थियो ।  काठमाडौंसहित बागमती प्रदेशका विभिन्न जिल्लाबाट विरोधसभामा सहभागि हुने गाडीहरुबाट आउने व्यवस्था नेकपा केन्द्रीय र्सघर्ष समितिले मिलाएको थियो । सरकारले चालेको कदमबा विरुद्ध सर्बोच्च अदालतको संवैधानिक ईजलासमा मुद्धामाथि बहस भईरहेका बेला नेकपाले दोश्रो चरणको आन्दोलनको उत्कर्षको रुपमा यो प्रदर्शन गरेको हो ।  प्रदर्शनकारीको भिडले प्रदर्शनस्थल खचाखच भरिएको थियो ।                                                 

    शुक्रवार राजधानीमा हजारौं समर्थकलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘यो देशमा फेरि युद्ध होस, फेरि हिंसा होस, फेरि अराजकता होस, फेरि आन्दोलन गर्ने परिस्थिति बनोस् भन्ने कसैले पनि चाहेको छैन।’

    उनले संविधान अनुसार अदालतले ओलीको ‘असंवैधानिक कदमलाई’ खारेज गरेर देशमा शान्तिको वातावरण कायम राख्नेमा विश्वास व्यक्त गरेका छन् ।”कसैले पनि देशलाई बरबाद हुने दिशामा नलगौं।’ उनले भने ।

    प्रधानमन्त्री ओलीले महाराज बन्ने‘मिसन’ बोकेको तर आफूले जुनसुकै ढङ्गले भए पनि उनका ‘षडयन्त्रका सेटिङ्’ भत्काउने उनले दावी गरे ।

    नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले शुक्रवारको प्रदर्शनलाइ जनआन्दोलनको कास्टिङ्ग भनेका छन् । प्रदर्शनले जनआन्दोलनको झल्को दिएको भन्दै उनले तर यो कास्टिङ मात्र भएको र ‘फिल्म सुरु हुन बाँकी नै रहेको बताए ।

    प्रधानमन्त्री ओलीको कम्युनिस्ट चरित्र क्षयीकरण हुँदै गरेको भन्दै अध्यक्ष नेपालले नेकपाले ओलीलाई साधारण सदस्य समेत नरहने गरी अनुशासनमा कारबाही गरेको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...