News Portal

  • आन्दोलनरत नेकपाको कटाक्ष : ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?’

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २८ माघ
    ६०४ पटक
    काठमाडौं, २८ माघ

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल त्यसैगरी वरिष्ठ नेता झलनाथ खनाल लगायत बिरोध सभाका वक्ताहरुले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । बुधवार राजधानीको भृकुटीमण्डपमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनीहरुले उक्त कटाक्ष गरेका हुन् ।

    प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ गते सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते आफूले देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले नारायणहिटी अगाडी शक्ति प्रदर्शन गरेको थियो । ओली समूह सोचेजस्तो जनप्रदर्शन गर्न नसकी निराश रहेको अवस्थामा आन्दोलनरत पक्ष उत्साहित भएको हो । बुधवार ब्यापक जनसहभागिताबाट उत्साहित बक्ताहरुले बिरोध सभा ऐतिहासिक भएको बताए ।

    बुधबार आन्दोलनरत नेकपाले गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रतिउत्तर दिएका छन् । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’

    उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता आउने पनि चेतावनी दिएका छन् । प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरेका छन । ‘यो उपस्थितिले अदालतलाई पनि संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न सजिलाे भएकाे उनकाे भनाइ छ ।

    प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई पनि सचेत गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा गएर धम्क्याएको भन्दै उनले खुट्टा नकमाउन आग्रह गरेका हुन् ।

    पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको उनले बताएका छन् । ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ ।’

    उनले प्रधानमन्त्रीले भनेअनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराएका छन् । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ’ प्रचण्डले भने ।

    विरोध सभामा सहभागिहरुलाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिंदै उनले ओली पक्षले माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गएको भन्ने भ्रम फैलिरहेको बताउदै आम कार्यकर्ता सचेत बन्नुपर्ने बताए । ” शान्तिपूर्ण राजनीतिमा म भन्दा अग्रज माधव कमरेड हुनुहुन्छ बरु म उहाँको कार्यकर्ता भन्न सुहाउछ ।” उनले भने ।

    उक्त अवसरमा अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

    ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको बताएका छन ।

    पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले अघि भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरेका छन ।

    राजनीतिक रुपमा ओली विरुद्धका आन्दोलन सशक्त बन्दै गैरहेको बताएका अध्यक्ष नेपालले ओली कमजोर भइसकेको पनि बताए । ओलीले मदन भण्डारीको नाम जप्न छोडेर अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको तर पशुपतिनाथले नराम्रो गर्नेलाई रक्षा नगर्ने उनको भनाइ छ । पाप गर्नेलाई पशुपतिले रक्षा गर्दैनन् ।’ अध्यक्ष नेपालले भने ।

    त्यसैगरी जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको बताएका छन ।

    पुस ५ मा केपी ओलीले प्रतिक्रान्ति गरेको प्रष्ट पार्दै उनले त्यसविरुद्ध आन्दोलन भइरहेको बताए । खनालले सबैलाई आग्रह गरे, ‘आउनुस्, संयुक्त आन्दोलन गरौं । यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुनुस् ।’

    https://fb.watch/3zLpXPsD0F/

    https://fb.watch/3zLpXPsD0F/

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...