News Portal

  • “लभ इन जेरुसलेम” सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता काठमाडाैं, ८ फागुन २०७७
    १०९९ पटक
    काठमाडाैं, ८ फागुन २०७७

    साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको “लभ इन जेरुसलेम” उपन्यास सार्वजनिक गरिएकाे छ । प्रजातन्त्र दिवसको अवसर राजधानीमा एक कार्यक्रमका बीच उपन्यास सार्वजनिक गरिएकाे हाे।

    वरिष्ठ पत्रकार एवं साहित्यकार गोपालप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा आयोजित सो समारोह साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि थपलियाले लेखक खरेलको लेखनको चर्चा गर्दै उपन्यासको महत्वमाथि प्रकाश पारेका थिए । उनले उपन्यासकार खरेललाई दोसल्लासहित सम्मान पनि गरे ।

    यसैगरी कार्यक्रममा विशेष अतिथिहरु गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकारहरु डा. बन्धु कोइराला र प्रमोद र प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा संघका पूर्व कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का वर्तमान केन्द्रीय उपाध्यक्ष साहित्यकार बाबा बस्नेत र साहित्यकार प्रदीपकुमार मैनालीले पुस्तकको परिचर्चा गरे । संघका सदस्य साहित्यकार दामोदर पुडासैनीले स्वागत मन्तव्य राखेका कार्यक्रममा साहित्यकार किरण आचार्य (नेपालगन्ज) र संघका महासचिव पुष्पा खनालले आ आफ्नो मन्तव्य राखेका थिए ।

    उपन्यास “लभ इन जेरुसलम” इजरायलको परिवेशमा लेखिएको छ । कार्यक्रममा उपन्यासकार कल्पना खरेलले आफ्नो लेखकीय अनुभव र सो उपन्यासको बारे चर्चा गरेकी थिइन् ।

    कार्यक्रममा साहित्यकार एवं अनेसास BOT सदस्य एवं अनेसास नेपाल कार्यसमिति सदस्य कमला रिसालले राष्ट्रिय गीत गाएकी थिइन् । उक्त अवसरमा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, अनेसास नेपालका उपाध्यक्षहरु दिब्य गिरी र छविरमण सिलवाल, कार्यसमिति सदस्य मन्जिला अनिल र कमला रिसाल, साहित्यकारहरु सुशीला देउजा, शान्ति रिसाल, प्रकाश घायल, दुर्गा तिवारी, प्रदिप रिजाल, रुपा पौडेल आदिको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...