News Portal

  • पैसा बाटोमै फालेर अध्यक्ष फरार

    भक्तपुरपोस्ट संवाददाताजनकपुरधाम, १८ फागुन
    ५४९ पटक
    जनकपुरधाम, १८ फागुन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् ।

    गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

    राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयको टोली उनलाई खोज्दै पुगेको थियो ।

    उनी फरार भएपछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ र गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि बरामद गरेको रिमालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...