News Portal

  • स्व-इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा प्रमुख प्रजापतिकाे जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ फागुन
    ६७६ पटक
    भक्तपुर, १८ फागुन

    भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगर प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारको आधिकारिता प्राप्त कोभिड सिल्ड खोप अभियानमा व्यापक जनताको सहभागिताको लागि जनतालाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । ब्यापक जनसहभागिताले मात्र खोपले सार्थकता पाउने उनको भनाइ छ ।

    नगर प्रमुख प्रजापतिले खोप अभियानलाई जनताबीच नजिक जाने अवसरको रुपमा लिन समेत निर्देशन दिएका छन् । कोभिड १९ बारे देखिएको भ्रमबाट जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औल्याउदैं जनप्रतिनिधिहरुले खोपबारेका भ्रम हटाउन र जनताप्रति समर्पित भएर सेवा गर्नुपर्ने प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेको हुँदा जनताको स्व—इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा उनले जोड दिए । नयाँ स्वरुपको कोरोना भाइरस पत्ता लागेको वर्तमान समयमा नेपालमा पनि सक्रिय संक्रमितहरुको संख्या बढ्न सक्ने भएकोले सबैजना सचेत र सजग हुनुपर्ने उनको भनाइ छ ।

    उक्त अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले अभिमुखीकरण कार्यक्रम सञ्चालनको उद्देश्यबारे प्रकाश पार्दै कोभिड १९ रोगको परिचय, खोप लगाउनुको औचित्य, रोग पहिचान गर्ने तरिका र यसबारे बच्ने उपायहरुबारे बताए ।

    जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले सञ्चालन गरेको सो कार्यक्रममा उपप्रमुख रजनी जाेशी, वडाध्यक्ष रवीन्द्र ज्याख्व लगायत जनप्रतिनिधिहरु तथा भक्तपुर अस्पताल लगायत स्वास्थ्य संस्थाका खोप सेवासंग सम्बन्धित स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...