News Portal

  • महेश बस्नेतसहित ७ नेतालाई अनुशासनको कारबाही

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन
    ९७० पटक
    भक्तपुर, १९ फागुन

    प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।

    नेताहरु महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीको केन्द्रीय सदस्य पदबाट मुक्त गरेको नेता भिम रावलले जानकारी दिएका छन ।

    त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हट्न निर्देशन दिएको छ भने विशाल भट्टराईलाई संसदीय दलको नेताबाट निलम्बन गरेको छ ।

    उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले पार्टी बिधान अनुरुप बहुमत केन्द्रीय सदस्यको निर्णयले यी ७ नेतालाई अनुशासनको कारबाही गरेको बताइएको छ । बैठकले यस अघि नै पार्टीले निष्कासन गरेका अध्यक्ष केपी ओली पक्षधर अन्य नेताहरुलाई भने पार्टीमा फर्कन आग्रह गरेको छ ।

    राजनीति र संगठनमा नेकपा विभाजन बनेपनि बैधानिक हिसावले अहिले पनि निर्वाचन आयोगमा एउटै छ । संख्याका आधारमा पार्टीमा प्रचण्ड नेपाल समूह बलियो भएपछि केपी ओली बिच्किएका छन् भने उनलाई केहि नेताहरुले उक्साइरहेको आरोप लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...