News Portal

  • विप्लव नेतृत्वको बिद्रोही दल माथिको प्रतिबन्ध फुकुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० फागुन
    ५४९ पटक
    भक्तपुर, २० फागुन

    सरकारले प्रतिवन्धित बिद्रोही दल विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले सरकारी वार्ता टोली र बिद्रोही दलबीच भएको तीनबुँदे सहमति समेत अनुमोदन गरेको सहभागी एक मन्त्रीले भक्तपुरपोस्टलाई बताएका छन् ।

    तीन चरणको वार्तापछि सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति भएको हो । सहमतिपछि दुबै टोलीका संयोजकले हस्ताक्षर गरेको प्रेस नोट जारी गरिएको छ । सरकारकाे तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई त्यसैगरी  बिद्रोही दलका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने दीपक सहभागी रहेका छन् ।

    दुई पक्षबीच भएको सहमतिअनुसार बिद्रोही पक्षले शान्तिपूर्ण राजनीति सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने लगायत सहमती भएकाे छ ।

    सहमतिको विस्तृत विवरण भोलि शुक्रबार दिनको २ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ । उक्त विशेष समारोह लाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...