News Portal

  • सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

    भक्तपुरपोस्ट संवाददाता काठमाडाैं २३ फागुन २०७७
    १००२ पटक
    काठमाडाैं २३ फागुन २०७७

    आइतबार होटल तपसमा सखी प्रतिष्ठान, काठमाडौंले अन्तर्राष्ट्रिय नारी दिवस २०७७ (International Women,s day- 2021) को अवसरमा “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका “बिषयक विचार गोष्ठीको आयोजना गर्यो ।

    सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहेकी थिइन् । सो कार्यक्रमका विशिष्ट अतिथिहरु राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली, मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीलाले आआफ्नो मन्तव्य राखेका थिए ।

    यसैगरी अतिथिहरु व्यवसायी, समाजसेवी एवं गीतकार अस्मिता सुमार्गी, संचारिका समूहकी सह संयोजक कमला पन्थी, अतुल स्मृति गुरुकुलकी अध्यक्ष बन्दना गौतम र व्यवसायी अन्जु सुवेदीले पनि आआफ्नो मन्तव्य राखे । सखी प्रतिष्ठानको आजै उदघाटन पनि गरिएको थियो । सो प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा मन्जिला अनिल, उपाध्यक्षमा एल्सा झा, महासचिवमा कमला रिसाल, सचिवमा रुपा पौडेल र कोषाध्यक्षमा मेनका लामा रहेका छन् भने सदस्यहरुमा क्रमशः शान्ति रिसाल, नीशा रिमाल, ईश्वरी लामा याचकी र राधा भण्डारी रहेका  छन् ।

    कार्यक्रममा प्रमुख अतिथिलगायतले सखी प्रतिष्ठानको स्थापना भएकोमा बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय नारी दिवस र नारी शक्तिबारे चर्चा गरेका थिए । प्रतिष्ठानकी महासचिव कमला रिसालले स्वागत मन्तव्य तथा  उपाध्यक्ष एल्सा झाले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रममा कोषाध्यक्ष मेनका लामाले नृत्य प्रस्तुत गरेकी थिइन् ।

    कार्यक्रम संचालक सचिव रुपा पौडेल थिइन्  । कार्यक्रममा कविहरु रन्जना निरौला, शान्ति रिसाल र मनिला वन्तले आआफनो कविता वाचन गरेका थिए । कार्यक्रममा मातृभूमिका लागि नेपालीका सहसंयोजक – नारायण कोइराला, अनेसास नेपालका कोषाध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरु मधु पाठक, सुमन घिमिरे, द्वारिका कुइकेल, साहित्यकारहरु उपमा आचार्य, पुष्पा खनाल, शान्ता बस्नेत, सुवासप्रसाद पाण्डे, सिर्जना भेटवाललगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...