News Portal

  • कोभिड-१९ विरुद्धको खोप लिन भक्तपुरवासीहरुलाई अनुरोध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ फागुन
    ७७४ पटक
    भक्तपुर, २६ फागुन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ विरुद्धको खोप लिन  नगरवासीहरुलाई अनुरोध गरेका छन् । ज्येष्ठ नागरिकहरुका लागि खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण पछि उनले उक्त अनुरोध गरेका हुन् ।

    बुधवार उनले नगरपालिका भित्र खोप सेवा संचालन भएका अस्पताल र स्वास्थ्य संस्थाको स्थलगत अवलोकन निरीक्षण गरेका थिए । सो क्रममा उनले भक्तपुर अस्पताल दुधपाटी,सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेल, इवामुरा अस्पताल सल्लाघारी, जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह र जनस्वास्थ्य सेवा केन्द्र भगवतीस्थान सहित ५ ठाउँमा संचालित खोप सेवाको स्थलगत निरीक्षण गरेका प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराइन् ।

    निरीक्षणका क्रममा नगर प्रमुख प्रजापतिले खोप केन्द्रका स्वयम्सेवक तथा स्वाथ्यकर्मीहरुसँग खोप लिएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यसम्बन्धी तथ्य र तथ्यांकबारे जानकारी लिएका थिए ।साथै, उनले कोभिड १९ विरुद्धको खोप लगाइ उक्त रोगबाट सुरक्षित हुन जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पालनाको लागि निर्देशनसमेत दिएका थिए ।

    भक्तपुर नगरपालिकाभित्र कोभिड १९ रोगविरुद्ध पहिलो चरणको खोप लगाउने अभियान २०७७ साल फागुन २३ गते आइतबारदेखि सुरु भइरहेको छ । ६५ वर्ष उमेरदेखिका ज्येष्ठ नागरिकहरुलाई लगाइने उक्त खोप माथि उल्लेखित स्वास्थ्य केन्द्रहरुबाट पायक पर्ने केन्द्रबाट प्रदान भइरहेको नगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...