News Portal

  • काठमाडौँमा अफगानी रणमैदान

    इभक्तपुर संवाददाताकाठमाडाैं २६ फागुन २०७७ बुधबार
    ९१९ पटक
    काठमाडाैं २६ फागुन २०७७ बुधबार

    साहित्यकार केदार संकेतद्वारा लिखित ‘अफगानी रणमैदान’ नामक आत्मपरक उपन्यास काठमाडौंको एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।

    उक्त कृतिको वरिष्ठ साहित्यकार एवं रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले लोकार्पण गरेका हुन् ।

    साहित्यकार, समालोचक डा. गोविन्दराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा साहित्यकार, समालोचक डा. कुमार कोइराला, समालोचक नेत्र एटम, साहित्यकार एवं सम्पादक श्रीओम श्रेष्ठ रोदन, साहित्यकार इल्या भट्टराई एवं सुनुवार समाजका सचिव उत्तम काँतिच सुनुवारको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा साहित्यकार ओम श्रेष्ठ रोदनले कृतिले शब्दमा चित्रात्मक अनुभूति गराउन सफल भएको बताए । समालोचक नेत्र एटमले लेखकले भोगाइ कृतिमा उतार्न सफल भएको चर्चा गर्दै बर्बर युद्धको विरोध गरिएको बताए ।

    रचनाका प्रधान सम्पादक रोचक घिमिरेले रोजगारीको अवसर नपाएर विदेशिन बाध्य नेपालीको प्रसंग उल्लेख गर्दै दश वर्षको अवधिमा एथेन्सको झरी लगायतका कृति ल्याउन सफल लेखकले नेपाली साहित्यमा अझै सशक्त कृति दिने अपेक्षा गरेको बताए । त्यसैगरी रामेछाप जिल्लाका ऐतिहासिक एवं साहित्यिक व्यक्तित्वको चर्चा गर्दै घिमिरेले आफ्नो मूल थलो पनि रामेछाप भएको र शहीद गंगालाल, पुष्पलाल, साम्भभक्त सुवेदी  कृष्णलाल, विजयराज शर्मा भरतराज मन्थलीय, जगदीश घिमिरे, नगेन्द्रराज शर्मा आदिदेखि कृतिका लेखक केदार संकेत पनि उक्त व्यक्तित्वभित्र दर्ज भएको बताए ।

    साहित्यकार गोविन्द भट्टराईले यो युद्ध साहित्यको राम्रो किताब भएको बताउँदै यसको अङ्रेजी भाषामा पनि अनुवाद भइरहेको जानकारी दिए।‌ कार्यक्रममा इल्या भट्टराईले यात्रा लेखन र अख्यानमा नौलोपन आएको बाताए ।

    कर्मभूमि अफगानिस्तानबाटै अडियो रेकर्डद्वारा उपन्यासका लेखक केदार सङ्केतले भने, ‘साहित्यमा यात्रा हुनुपर्छ भन्ने मेरो मान्यता हो । यही सत्यलाई समातेर यो उपन्यास तयार भएको छ । एक शब्दमा भन्नुपर्दा यात्रा साहित्य यसको विशेषता हो । चलनचल्तीको लेखनभन्दा फरक चिज पाठकलाई पस्कने ध्येयले लेखिएको हुनाले यसलाई कसैले उपन्यास नमान्न पाउने स्वतन्त्रता पनि छ ।’

     

    रामेछापको रस्नानु गाविसमा, माघ २०२६ मा जन्मिएर ब्रिटिस सेनामा सेवा गरी हाल अवकाश प्राप्त केदार संकेत बेलायतको Hampshire, Farnborough मा बसोबास गर्दै आइरहेका छन् ।

    साहित्यकार संकेतका आफैँ जलेको देश (कविता सङ्ग्रह) २०६४०, एथेन्सको झरी नियात्रा २०६७ (सुर्खेतको विश्व मध्यपश्चिमा विश्व विद्यालयमा बिएड कोर्समा समावेस), पैयुँका फूलहरू (हाइकु सङ्ग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०) लगायतका थुप्रै कृतिहरु प्रकाशित भैसकेका छन् । प्रस्तुत पुस्तक’ अफगानी रणमैदान’ साङ्ग्रिला प्रकाशनले छापेको हो ।

    साहित्यकार एवं संचारकर्मी निर्मल अर्यालले संचालन गरेको उक्त अफगानी रणमैदान’  लाेकार्पण कार्यक्रमको संयोजन रमेश दाहाल र प्रतीक घिमिरेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...