News Portal

  • बझाङको कुरीति विरुद्ध भक्तपुर घर भएका डिएसपी खड्का

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ४ चैत
    १०१८ पटक
    भक्तपुर, ४ चैत

    बझाङका प्रहरी प्रमुख रहेका डिएसपी रुपक खड्का जिल्लाको शान्तिसुरक्षाको साथसाथै समाज रुपान्तरणमा समेत सक्रिय रहेका छन् । भक्तपुरको बासघारी घर भएका खड्काले प्रहरी संगठनलाई बझाङको सामाजिक कुरीति विरुद्ध सक्रिय गराएका हुन् ।

    प्रहरी संगठनलाई समुदायसंग मिलेर समाजमा व्याप्त रुढिबादी परम्परा र कुरीतिका बिरुद्ध क्रियाशील गराएका खड्काको नेतृत्वका कारण समाजमा सकारात्मक प्रभाव परेको स्थानीय अभियन्ताहरु बताउछन । डिएसपी खड्काको नेतृत्वले सामाजिक अभियानमा प्रहरी र समुदाय बीच राम्रो सहकार्य भैरहेको उनीहरुको भनाइ छ ।

    बझाङ्गको केदारस्युँ गाउपालिका वडानं. १ देउरा स्थित वेताल देउरा त्रिवेणी धामको आयोजनामा संचालित सास्कृतिक महोत्सव २०७७ लाई लक्षित गरी “समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत” कलाकेन्द्र का अध्यक्ष सुनिल नेपालीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रहरीको भूमिकाप्रति सन्तोष व्यक्त गरिएको हो । सिडिओ मोहन अधिकारीको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष निशा धामीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा प्रहरी र समुदाय मिलेर मात्रै समाजमा व्याप्त कुरीति बिरुद्ध विजय प्राप्त गर्न सकिनेमा जोड दिइएको थियो ।

    उक्त अवसरमा बोल्दै डिएसपी रुपक खड्काले बाल विवाह, बहु बिबाह र छाउपडी जस्ता कुप्रथा उन्मुलन गरिने उद्धोष समेत गरे । यस अभियानमा सबैको साथ् सहयोग अपेक्षा गर्दै उनले उपस्थित जनसमुदायलाई कुरीति उन्मुलन गर्न एक्यवद्धताको अपिल समेत गरे ।

    कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारी, प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र कुमार थापा, पत्रकार महासंघका अध्यक्ष जगदिश रोकाया, स्थानीय जनप्रतिनिधि, बिभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयका प्रमुख, शिक्षक, विद्यार्थी, बुद्धिजीवि, कलाकार, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा साइबर क्राईम, महिला हिंसा, छाउपडी प्रथा, घरेलु हिंसा,वाल बिवाह तथा बहु बिबाह ,यौनजन्य हिंसा तथा सुख्खा मौसममा हुने वन डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम  गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...