News Portal

  • भक्तपुरका दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुर संवाददाता२०७७ चैत्र ८ गते,आइतबार
    ३९५७ पटक
    २०७७ चैत्र ८ गते,आइतबार

    भक्तपुरको चाँगुनारायण नगरका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हिजोका दिनमा परिवर्तनको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले नै वर्तमान राजनीतिमा निकास दिने निस्कर्ष सहित उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसियल) नेपालको शनिबार आयोजित दोश्रो जिल्ला बैठकमा उनीहरु नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपा लगायतका पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका वाइसियल भक्तपुरका संयोजक नरेश वाइवाले जानकारी गराएका छन् । चागुनारायणका वाइसीएल नेता विनोद लामिछाने र लक्ष्मण दुलाल लगायतको पहलमा ती युवाहरु पार्टी प्रवेश गरेका हुन् ।                                                           

    कार्यक्रममा नवप्रवेेशी युवाहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, बिशेष अतिथि डिपी ढकाल, वाइसिएल इन्चार्ज दिनेश थपलिया (आक्रोस) र संयोजक नरेश वाईबा लगायतले पार्टीमा स्वागत गरेको थिए । युवाहरुको काधमा परिवर्तनलाई सस्थागत गर्नुपर्ने जिम्मेवारी आएकोले यथास्थितिबादी र प्रतिगामी पार्टी परित्याग गर्दै क्रान्तिकारी पार्टी नेकपा (माओवादी केन्द्र)मा आएकोमा नवप्रेवेशी युवालाई बधाई र स्वागत गर्दै पार्टीले उनीहरुलाई उचित जिम्मेवारी दिने नेताहरुले प्रतिवद्धता समेत प्रकट गरे ।   

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...