News Portal

  • बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    अनिल श्रेष्ठभक्तपुर,१९ चैत
    ७८० पटक
    भक्तपुर,१९ चैत

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।

    भेटमा अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने बताए ।

    प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थित रुपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरुलाई इन्जिनियरिङ तालिम दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताए । विजुक्छेले पुरानो सीप तथा प्रविधिहरुलाई संरक्षण गर्नुपर्ने कुरामा जोडदिंदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए ।

    भेटमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरु बनाउँदै अगाडि बढिरहेको जानकारी गराए ।

    ललितपुरको सम्पदा संरक्षणमा महानपाले गरिरहेको कार्यहरुबारे अवगत गर्दै प्रमुख महर्जनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा ठेकेदारलाई भन्दा स्थानीय उपभोक्ता समितिमार्फत गराउनुपर्ने महानपाले निरन्तर जोड दिँदै आएको बताए । सो भेटमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।

    अध्यक्ष बिजुक्छेँले नेमकिपाको पार्टी प्रकाशनहरु मायाको चिनोस्वरुप प्रमुख महर्जनलाई प्रदान गरे भने प्रमुख महर्जनले पनि बिजुक्छेलाई उपहारस्वरुप केही प्रकाशनहरु प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...