News Portal

  • भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    इभक्तपुर संवाददाताभक्तपुर,२६ चैत्र
    ९१८ पटक
    भक्तपुर,२६ चैत्र

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि तानिने निर्णय गरेको हो ।

    उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न पाइने निर्णय गरिएको छ ।

    रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गरिएको छ ।

    जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारका लागि स्वास्थ्य शिविर व्यवस्थापन व्यवस्था गरिने छ । शिविर व्यवस्थापनका लागि नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठक गरेको छ ।

    बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत्र २८ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ ।

    बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, का.उ.खा.लि. भक्तपुर लगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको उपस्थिति थियो ।

    बैठकले पारित गरेको बिस्का जात्रासम्बन्धी कार्यतालिका निम्नबमोजिम रहेको छ –

     


     

    प्रतिकृया दिनुहोस्

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...