News Portal

  • भक्तपुरका २ अग्रज पत्रकारको उपत्यकामा सानदार जीत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२६ चैत
    १७४० पटक
    भक्तपुर,२६ चैत

    भक्तपुरका २ अग्रज पत्रकारले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीको निर्वाचनमा सानदार जीत हासिल गरेका छन् । पत्रकार अमर भुजू र रत्नकृष्ण श्रेष्ठले सानदार जीत हासिल गरेका हुन् ।

    उपत्यका प्रदेश कमिटीका लागि सचिव (समावेशी) का उम्मेदवार अमर भुजू र सदस्य(आदिवासी जनजाति)का उम्मेदवार रत्नकृष्ण श्रेष्ठले आफ्ना प्रतिस्पर्धीलाई भारि मतान्तरले पराजित गर्न सफल भएका छन् । बुधवार सम्पन्न निर्वाचनमा भक्तपुरमा खसेको १७४ मतमा सबैभन्दा बढी १४५ मत भुजूले पाएका थिए भने श्रेष्ठले दोश्रो सर्वाधिक मत १३५ मत प्राप्त गरी आफ्नो लोकप्रियता प्रमाणित गरेका थिए । बिहिवार सम्पन्न मतगणनामा उनीहरु दुवै काठमाडौं र ललितपुरमा पनि लिड गर्दै बिजयी बन्न सफल भएका उपत्यका प्रदेशका पत्रकार नेता नवराज दाहालले जानकारी दिए ।

    भुजू दबाब साप्ताहिकका प्रकाशक सम्पादक हुन् भने श्रेष्ठ राससका फोटो पत्रकार हुन् । उनीहरु दुवैले २ दशक बढी समय पत्रकारितामा बिताएका छन् । भुजू नेपाल प्रेस युनियन आवद्ध र श्रेष्ठ प्रेस संगठन नेपालका सदस्य भएपनि भक्तपुरका उनीहरु सबै पत्रकारका साझा र रुचाइएका अनुहार हुन् । उनीहरु दुवैले केन्द्रमा बिपुल पोख्रेल र प्रदेशमा श्रीजन झा नेतृत्वको प्यानलबाट बिजय हासिल गरेका छन् । करिब ९ सय मतका साथ् उनीहरु प्रदेश कमिटीमा बिजयी बनेका हुन् । प्रदेशमा झा नेतृत्वको पुरै प्यानल नै बिजयी बनेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...