News Portal

  • बिस्केट जात्रा आजबाट शुरु : यस्तो छ जात्रा हेर्नुको कारण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत
    ८३३ पटक
    भक्तपुर, २८ चैत

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।

    नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा भनिन थालिएको हो । नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालीमा बिस्का जात्रा मनाउने किंवदन्ती रहेको छ।

    टौमढिस्थित नागपताकासहितको ल्योसिं उठाउदै ८ रात ९ दिन सम्म मनाइने बिस्केट जात्रा भैरवनाथको रथ तानातान गर्दै शुरुवात गरिएको छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा शुरु भएको हो ।

    ल्योसिं उभ्याइने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा भव्यरूपमा मनाइन्छ । जात्रा हेर्न भक्तपुरमा उपत्यकाबाट मानिसहरु भक्तपुर आइपुगेका थिए । बिहानै देखि भक्तपुरका बासिन्दाले ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइचो लागेको थियो । सांस्कृतिक महत्त्व बोकेको विस्केट जात्रा हेरेमा शत्रु एवम् दुःख नाश हुने मान्यता रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...