News Portal

  • वाइसिएल मार्गमा माओवादीको पहिलो कार्यालय : युवालाई पार्टी प्रवेश गराउँदै गरियो उद्घाटन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत
    ११०१ पटक
    भक्तपुर, २८ चैत

    चाँगुनारायण नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को पहिलो वडा पार्टी कार्यालय र वडाको वाइसिएल कार्यालय स्थापना भएको छ । वडा नम्बर ८ सुडालमा भक्तपुरकै पहिलो वडास्तरीय पार्टी कार्यालय स्थापना भएको हो ।

    सुडालको वाइसिएल मार्गस्थित उक्त पार्टी कार्यालयको शनिवार उद्घाटन कार्यक्रम समेत सम्पन्न गरिएको वडा कमिटीका संयोजक मदन श्रेष्ठले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति ‘भिष्म’, जिल्ला अध्यक्ष डिपी ढकाल, चाँगुनारायणका इन्चार्ज रामशरण दाहाल, जिल्ला सदस्यहरु दिनेश थपलिया आक्रोश, नरेश खड्का, चण्डिका लामिछाने लगायतले ताली बजाएर उक्त पार्टी कार्यालय उद्घाटन गरेका थिए ।

    उक्त अवसरमा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको जिल्ला सदस्य समेत रहेका युवा नेता विनोद लामिछानेले जानकारी गराएका छन् । युवा नेता लामिछानेका अनुसार विभिन्न पार्टी परित्याग गरी स्थानीय युवाहरु बुद्ध श्रेष्ठ, सरोज लामिछाने, विश्वराम श्रेष्ठ, विवेक श्रेष्ठ, राज रंजित, प्रेम खाती,संजु श्रेष्ठ, बाबुराम नगरकोटी र निर्मल खड्का लगायत १ दर्जन युवाहरु नेकपा(माओवादी) केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुले नेपालको अग्रगामी र क्रान्तिकारी पार्टी नेकपा(माओवादी केन्द्र) भएको निष्कर्ष सहित आफूहरु पार्टी प्रवेश गरेको बताएका छन् । उनीहरुलाई जिल्ला इन्चार्ज प्रजापति र अध्यक्ष ढकालले खादा र टिका लगाई पार्टी प्रवेश गराएका थिए ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रजापतिले पार्टीले संगठनमा जोड दिएको प्रष्ट पारे । उनले नवप्रवेशी युवाहरुलाई उचित जिम्मेवारी दिन र पार्टी गतिविधिमा सक्रिय गराउन स्थानीय कमिटीलाई निर्देशन समेत दिए । पार्टीले संगठन सुदृधिकरण अभियान चलाएको बताउदै इन्चार्ज भिष्मले अब निस्क्रिय नेता कार्यकर्तालाई प्रतिस्थापन गर्दै सक्रियहरुलाई संगठनमा जिम्मेवारी दिइने खुलासा पनि गरे ।

    पार्टी प्रवेश कार्यक्रम पछि वाइसिएलको वडा भेला समेत सम्पन्न भएको छ । उक्त भेलाले दिपेश लामिछाने अध्यक्ष र विश्वराम श्रेष्ठ सचिव रहनेगरी ११ सदस्यीय वडा कमिटी समेत गठन गरेको बताइएको छ ।                                                       

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...