News Portal

  • ठमेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० चैत
    १४९८ पटक
    भक्तपुर, ३० चैत

    काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका प्रहरीले जानकारी गराएको हो । सञ्चयकोष भवन नजिक रहेको होटल आर्य तारामा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गर्दा सूर्यविनायक ८ का तामाङ पनि पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरुमा धेरैजसो काभ्रेका रहेका छन् । काभ्रेको धुलिखेल-६ का ३६ वर्षीय अर्जुन लामा, पाँचखाल -१ का ३० वर्षीय राज कुमार लामा, बनेपा-५ का ३५ वर्षीय रण बहादुर तामाङ, पाँचखाल -११ का ३७ वर्षीय सुर्य लामा, बनेपा-१४ का ३५ वर्षीय भुवन सिंह तामाङ, माझीफेदा ८ का ३० वर्षीय समिर तामाङ पक्राउ परेका प्रहरीले जनाएको छ ।

    त्यस्तै रामेछापको शैलुङ-५ का ३० वर्षीय कबिन घिसिङ, दोरम्बा -५ का ३२ वर्षीय कर्म लामा पक्राउ परेका छन् । ओखलढुंगा खिचिकाती-९ का ३९ वर्षीय हेम बहादुर खत्री र धादिङको ज्वालामुखी गापाका ४८ वर्षीय होटल सञ्चालक बासु सिंखडालाई पनि पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।

    उनीहरुलाई दरवारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाखालबाट ६ लाख २६ हजार नगद समेत बरामद गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...