News Portal

  • भक्तपुर अस्पतालकी मेसु डा गौतम र ल्याटे न्यौपाने राष्ट्रपतिद्वारा सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख
    २११६ पटक
    भक्तपुर, २ बैशाख

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतम र सोही अस्पतालकी ल्याब टेक्निसियन सुनिता न्यौपाने राष्ट्रपतिद्वारा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा विशिष्ठ योगदान पुर्याएवापत डा गौतम र ल्याटे न्यौपाने सम्मानित भएका हुन् ।

    बुधवार राष्ट्रपति कार्यलयमा एक विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो । उक्त अवसरमा डा गौतम प्रवल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित भएकी छन् भने न्यौपानेलाई जनसेवा श्री (पंचम)द्वारा विभूषित गरिएको छ ।

    कोभिड१९ संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण योगदान गरेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राष्ट्रिय मानपदवी, अलंकार र पदकद्वारा सम्मानित गर्न उनीहरु लगायत १ दर्जन नाम सिफारिस गरेकी थिइन् । सोही सिफारिस र मूल्यांकनका आधारमा संविधान दिवसको अवसर पारेर मानपदवी, अलंकार र पदकद्वाराविभूषित हुनेहरुको नाम घोषणा गरिएको थियो ।

    विभूषित हुने ५९४ जनामा भक्तपुरबाट १६ जना परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी एसपी तारादेवी थापा, भक्तपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गणका गणपति उद्धवबहादुर न्यौपाने,जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशी, महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरी, मोरंग घर भई हाल मध्यपुर थिमी नगरपालिका बस्ने साहित्यकार अनिरुद्र पौडेल (अनिल पौडेल), कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत दन्तरोगकी चिकित्सक डा सुमी मल्ल केसी र तत्कालीन बीरदल गण सूर्यविनायकमा कार्यरत गणपति शिव प्रसाद पौडेल पनि प्रवल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित भएका बताइएको छ ।

    भक्तपुरका वामपन्थी नेता एवं समाजसेवी देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ लाई जनसेवा श्री (पंचम)द्वारा विभूषित गरिएको छ भने सोही पदकद्वारा भक्तपुर १० की बाबा मैया जोन्छे पनि विभूषित भएकी छन् ।

    कोभिड १९ रोकथाम र नियन्त्रणमा स्वयम्सेवक भई कार्य गरिरहेका समाजसेवी भक्तपुरका अरुण सैजूले पनि ‘समाज सेवा रत्न’ पाउने भएका छन् भने सोही अलंकार बाट राजेश गाईजू पनि विभूषित भएका छन् ।

    अतिपौरख भाष्करबाट सूर्यविनायकस्थित वीरदल गणका जमदार सूर्यबहादुर खत्री सम्मानित भएका छन् भने सोही गणका अर्का जमदार शंकर चौधरीले महापौरख भास्कर पाएका छन् । भक्तपुरबाट सबैभन्दा ठूलाे सम्मान हात पार्नेमा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवाली परेका छन् । उनलाई सुप्रवल जनसेवा श्री (तृतीय) द्वारा सम्मानित गरिएको छ ।

    यो वर्ष नेपाल रत्न कसैलाई पनि प्रदान गरिएन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखा रोगका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान गरिँएको छ ।

    बुधबार शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सहितको पदक वितरण गरेकी हुन् ।

    गत चैत २७ मा वितरण गरिएको पदकमा चुच्चे नक्सा नसमेटिएको भन्दै विरोध भएपछि बुधवार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सहितको पदक वितरण गरिएको हो ।

    सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा २०७६ जेठ ५ गते पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...