News Portal

  • नेता डिपी ढकालको पहलपछि काठको पोल प्रतिस्थापन : ६ सय घरपरिवार लाभान्वित

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ३ बैशाख २०७७
    १५४८ पटक
    भक्तपुर, ३ बैशाख २०७७

    वर्षौदेखि बिजुली भएर पनि बत्ति बाल्न नपाएका नगरकोटबासी करिब ६ सय घरपरिवारको समस्या समाधान हुने भएको छ । लो भोल्टेजका कारण बत्ती बाल्न नपाएका स्थानीयको समस्या समाधान हुन लागेको हो ।

    विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या तत्काल समाधान गर्ने बचन दिएका तत्कालिन नेकपाका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र ) भक्तपुरका संयोजक डिपी ढकालको पहलपछि उक्त समस्या समाधान हुने भएको स्थानीयले बताए ।

    विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या समाधानका लागि काठे पोल प्रतिस्थापन गर्दै स्तरीय पोल गाड्ने काम शुरु भएपछि स्थानीय दङ्ग देखिएका छन् । विद्युतको समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस उनीहरुले उक्त समस्याबाट छुट्कारा पाउने भएपछि शुक्रवार नेता ढकाललाई बोलाएरै आभार प्रकट गरे ।

    चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का स्थानीय नेता दीपक तामाङ्गका अनुसार उक्त क्षेत्रका करिब ६ सय घरमा विद्युत प्राधिकरणले वितरण गरेको बिजुलीमा लोड नहुँदा टर्जलाइट जस्तो बत्ती मात्र बल्ने र कम्प्युटर, टिभी,हिटर, मोटर लगायत उपकरण संचालनमा समस्या रहेको छ । वर्षौदेखि उक्त समस्या समाधान नहुँदा स्थानीय आजित बनेका छन् ।

    गत मंसिरमा नेता ढकालले विद्युत प्राधिकरणका भक्तपुर वितरण केन्द्र प्रमुख रहेका राजकुमार रमणलाई तेलकोट देखि नगरकोटसम्म स्थलगत अवलोकन गराई स्तरीय विद्युतीकरणका लागि आग्रह गरेका थिए । पूर्ण क्षमताको ट्रान्सफर्मर स्थापना गर्न र काठको पोल बिस्थापित गर्दै उच्च प्रवाह क्षमताको विधुतीय तार समेत जडान गर्नुपर्नेमा जोड दिंदै नेता ढकालले वितरण केन्द्रका प्रमुख रमणलाई फास्ट ट्याकमा काम गर्न अनुरोध गरेका थिए । आफू र आफ्नो पार्टीले माथिल्लो तहसम्म समन्वय गर्ने भन्दै उनले काम शुरु गर्न अनुरोध गरेपछि वितरण केन्द्रका प्रमुख रमणले तत्काल समस्या समाधान गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    प्रमुख रमणले स्थानीय आवश्यकता अनुरुप पोल प्रतिस्थापन र तार विस्तारको प्रतिवद्धता प्रकट गरेपछि नेकपा (माओबादी केन्द्र) का स्थानीय नेता राजु लामिछाने र दिपक तामाङ्ग लगायतले निरन्तर फलो अप गरेका हुन् । फलस्वरूप, ४ महिनामा पोल ठड्याउने काम शुरु भएको हो । पोल ठड्याउने कामपछि तार विस्तारका काम समेत शिघ्र थाल्ने प्रमुख रमणले प्रष्ट पारे । योजना बनाउन र ठेक्का लगाउन समय लागेकाले काम केहि महिना ढिला भएको भन्दै उनले अब काम नरोकिने बताए । ”यसै आर्थिक वर्षभित्रको योजना हो, समस्या समाधान हुन्छ चिन्ता मान्नु पर्दैन ।” प्रमुख रमणले भने ।

    पोल हाल्ने काम शुरु भएकोमा नेता ढकालले समेत सन्तोष व्यक्त गरे । गत उपनिर्वाचनमा आफू उम्मेदवार रहँदा चाँगुनारायण क्षेत्रका मतदातालाई विद्युत आपूर्तीको समस्या समाधान गर्ने बचन दिएको स्मरण गर्दै उनले त्यसको लागि निरन्तर लाग्ने स्थानीय कमिटी र सहयोग गर्ने सरकारी निकायप्रति आभार पनि प्रकट गरेका छन् ।

    शुक्रवार उक्त कार्यको स्थलगत अवलोकनका लागि नेता ढकालले पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म,पार्टीको बागमती प्रदेश सुशासन समितिका संयोजक देवेन्द्र श्रेष्ठ दिवाकर, जिल्ला नेता युवराज आचार्यलाई पनि तेलकोट पुर्याएका थिए । उक्त अवसरमा इन्चार्ज प्रजापतिले जनताको सेवा गर्न सत्ता नचाहिने कुरा यसबाट प्रमाणित हुने भन्दै पार्टीका स्थानीय नेताहरुले यसबाट सिक्नुपर्ने प्रतिक्रिया दिए ।

    यो पनि पढ्नुहोस् 

    वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...