News Portal

  • नेपाल पत्रकार महासंघले छुट्टै ‘आइसोलेसन सेन्टर’ बनाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ बैशाख
    ८६० पटक
    भक्तपुर, १८ बैशाख

    नेपाल पत्रकार महासंघले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै छुट्टै ‘आइसोलेसन सेन्टर’ बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय स्थित आवास गृहलाई महासंघले ‘आइसोलेसन सेन्टर’ बनाउने निर्णय गरेको हो ।

    आइसोलेसन सेन्टरमा अक्सिजन लगायत आवस्यक भौतिक सामाग्री र प्राविधिक जनशक्तिको व्यवस्था गरिने महासचिव रोशन पुरीले जनाएका छन् । ‘आइसोलेसन सेन्टर’ बनाउन कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्नु पर्ने भएको भन्दै उनले केहिदिनमै यो सुचारु हुने जानकारी दिए । यसबाट उपत्यकाका कोभिड १९ बाट संक्रमित पत्रकारहरुलाई यस बिरुद्ध लड्न बल प्राप्त हुने उनको भनाइ छ । यस दोश्रो लहरको कोभिड १९ का कारण पत्रकारहरु पनि संक्रमित हुने क्रम बढेसंगै र सरकारले उपचारबाट हात झिकेसंगै महासंघले आफ्नो छुट्टै आइसोलेसन सेन्टर बनाउने महत्वपूर्ण निर्णय गरेको भन्दै महासंघ सदस्यहरुले नेतृत्वको प्रशंसा गरेका छन् ।

    महासचिव पुरीले उपत्यका बाहिर रहेका शाखाहरुलाई समेत आफ्ना सदस्यहरुलाई कोभिडबाट बचाउने अभियानमा लाग्न सुझाव दिएका छन् ।  आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र समाचार संकलनमा लाग्नुपर्ने आवस्यकता औल्याउदै उनले समाचार सस्प्रेषणका लागि संक्रमितको प्रत्यक्ष सम्पर्कमा नजान र स्वास्थ्य जोखिम नलिन सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...