News Portal

  • तरुण दल र युवा संघले दिए भक्तपुरका पत्रकारलाई स्वास्थ्य सामाग्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ बैशाख २०७८
    १०२२ पटक
    भक्तपुर, २४ बैशाख २०७८

    नेपाल तरुण दल, भक्तपुरले पत्रकारलाई कोभिड १९ को संक्रमण बाट सुरक्षित रहन स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र तरुण दलका अध्यक्ष राजु थापाले उक्त स्वास्थ्य सामाग्री संयुक्त रुपमा महासंघ अध्यक्ष जगतकृष्ण प्रजापतिलाई हस्तान्तरण गरेका छन् । उक्त अवसरमा सभापति थापाले कोरोना संक्रमणको जोखिमकाबीच अहोरात्र कार्यस्थलमा खटेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुप्रति सम्मान व्यक्त गरेका थिए । पत्रकारका कारण जनताले सूचना पाइरहेको भन्दै उनले सरकार कोभिड कहरका बीच भ्रष्टाचारमा चुर्लुम्म डुबेको र पत्रकारले त्यसलाई बाहिर ल्याइदिएपछि आत्तिएको बताए ।

    तरुण दलका अध्यक्ष राजु थापाले कोभिडको अहिलेको महामारीमा पत्रकार, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुले अग्रमोर्चामा रहेर काम गरिरहेको र उनीहरुको सुरक्षाको लागि तरुण दलले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको बताएका छन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघका भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले कोरोना संक्रमणको जोखिमकाबीच आफूहरु कार्यस्थलमा खटेर जनतालाई सूचना पुर्याइरहेको प्रष्ट पार्दै तरुण दल जस्ता संघसंस्थाको सहयोगले काममा अझ उत्प्रेरणा थपेको प्रतिक्रिया दिएका छन् । प्राप्त सहयोग महासंघको कार्यालय मार्फत जिल्लाका पत्रकारहरुलाई वितरण गरिने उनले जानकारी दिए ।
    सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष एवम् उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, महासंघ भक्तपुरका उपाध्यक्ष सुन्दर शिल्पकार, नेपाली कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ सभापति जीवन खत्री, नेपाल तरुण दल मध्यपुर थिमि संयोजक पुरुषोत्तम खड्का, जिल्ला सदस्य राजु पुरीलगायतको सहभागिता रहेको थियो ।

    त्यसैगरी राष्ट्रिय युवा संघ नेपालले पनि महासंघलाई स्यानिटाइजर १० लिटर र मास्क ७ सय सहयोग गरेको छ । युवा संघका उपमहासचिव योगेन्द्र लामा(वाला) सहितको टोली महासंघ कार्यालय पुगेर सो सामग्री हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा उपमहासचिव लामाले आगामी दिनमा पनि महासंघको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । महासंघका अध्यक्ष जगतकृष्ण प्रजापतिले सहयोगका लागि धन्यवाद दिँदैं प्राप्त सामग्रीले पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...