News Portal

  • सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ बैशाख
    ९२५ पटक
    भक्तपुर, २५ बैशाख

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले पिसिआर रिपोर्ट पोजेटिभ आएको बताएका छन् । संसद सचिवालयले सबै सांसदहरु, स्वकीय सचिव, कर्मचारी र संसदीय मामला हेर्ने पत्रकारहरुको समेत अनिवार्य पिसिआर परिक्षण गराउदा सांसद बस्नेतको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । स्वकीय सचिव थापाको भने पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । सांसद बस्नेतमा पनि संक्रमणको कुनै पनि लक्षण नदेखिएको स्वकीय सचिव थापाले जनाएका छन् ।

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बस्नेतले कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका थिए । सांसद बस्नेत अहिले होम आइसोलेसनमा रहेका छन् ।

    अपडेट : सांसद बस्नेत सोमबार कोरोना मुक्त भएको उनका स्वकीय सचिव दिनेश थापाले जानकारी दिएका छन् । संक्रमित पुष्टि भएको पाँच दिनमै सांसद बस्नेतले कोरोना भाइरसमाथि विजय प्राप्त गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...