News Portal

  • भक्तपुरमा बिपन्न सुत्केरीलाई वाइसिएलको खाद्यान्न सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ जेठ २०७८
    १५९४ पटक
    भक्तपुर, १ जेठ २०७८

    मध्यपुर थिमी वडा नं. ३ गठ्ठाघरमा डेरागरी बस्ने एक बिपन्न महिलालाई वाइसिएलले राहत दिएको छ । २ महिनाको सुत्केरी र २ जना नानिको आमा समेत रहेकी उनलाई राहत प्रदान गरिएको हो ।

    ठेलागाडामा पानीपुरी बैच्दै गुजारा चलाउने उनको परिवार लकडाउन भएसंगै दुई छाक टार्न समस्यामा परेपछि वाइसिएलको भक्तपुर क्षेत्र नम्बर २ का संयोजक नरेश रन्जितको नेतृत्वमा १ महिना पुग्ने खाद्यान्न दिइएको हो ।

    अभियन्ता कपिल कस्पाल र डा.मनिसा कार्कीले पिडितको दयनीय अवस्थाबारे अवगत गराएपछि वाइसिएल नेपाल भक्तपुर जिल्ला समितिको तर्फबाट सहयोग गरिएको संयोजक रन्जितले जानकारी दिए । उक्त सहयोग हस्तान्तरणका अवसरमा वाइसिएल नेपाल बागमति प्रदेश सदस्य राजु कुटु त्यसैगरी कैलाश सिलवाल, डिकेन कुटु र बिकाश श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

    उनीहरुले १ बोरा चामल, ३ केजी दाल, १ केजी चिनी,२ केजी गेडागुडी, २ केजी चिउरा,२ पाकेट बिस्कुट १ पाकेट दालमोठ, १ लिटर तेल, १ धार्नी आलु, ३ पाकेट मस्यौरा, १ क्रेट अण्डा लगायतका खाद्यवस्तु प्रदान गरेका थिए । जनताको दुख वाइसिएल देख्न नसक्ने भन्दै संयोजक रन्जितले आफूहरु जनताको दुखमा सधै साथ् रहेको स्मरण गर्दै आफ्नो छाक काटेर भएपनि खान नपाउनेहरुलाइ निरन्तर सहयोग गर्ने बताए । यो बिषम परिस्थितिमा सक्नेको सानो सहयोगले नसक्ने धेरै मानिस भोकै बस्नु पर्ने अवस्था नरहने भन्दै उनले आ-आफ्नो ठाउँबाट सहयोगका लागि अपिल समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...