News Portal

  • भक्तपुर काँग्रेसले भन्यो : ‘राष्ट्रपति भण्डारी ओलीको कठपुतली भईन्’

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ९ जेठ २०७८
    १०८४ पटक
    भक्तपुर, ९ जेठ २०७८

    नेपाली काँग्रेस भक्तपुरले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको बताएको छ । राष्ट्रपति भण्डारीले ओलीकै निर्देशनमा निर्णय लिदैं आएको बताइएको हो ।

    आइतवार जिल्ला उपसभापति हरिप्रसाद नेपाल द्वारा प्रेसित प्रेस बिज्ञप्तीमा भनिएको छ, ” राष्ट्रपति सबै दलको साझा हुने बिश्वब्यापी मान्यता विपरित भण्डारीको भूमिका केवल वर्तमान प्रधानमन्त्री केपी ओली र उहाँको दलको संरक्षण गर्नु र गलत कार्यको साक्षी बस्नु मात्र रहेको छ ।”

    राष्ट्रपति भण्डारीले २१ घन्टे छोटो सूचना राखेर नयाँ सरकारको लागि आह्वान गर्नुमै नियतमा खोट देखिएको र काँग्रेस सभापति शेर बहादुर देउवाले बहुमत सदस्य देखाउदा देखाउदै जालझेल गरी प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिने षड्यन्त्र भएको भक्तपुर काँग्रेसको निष्कर्ष छ ।

    एकातिर संविधानको धारा (४) लाइ लत्याउने र अर्कोतिर प्रधानमन्त्रीले आफूले बहुमत पुर्याउन नसक्ने स्पष्ट भएका मार्गप्रसस्त गरेको भन्दाभन्दै पुन: उनकै पक्षमा निर्णय गरी संसद विघटन गर्ने जस्तो कार्यले राष्ट्रपति संविधान विरोधीको मतियार बनेको काँग्रेस भक्तपुरले जिकिर गरेको छ ।

    उपसभापति नेपालले यस संविधान बिरोधी कार्यको नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले घोर भत्सर्ना गरेको र कडा प्रतिवाद गर्ने भनेका छन् भने कोभिड महामारीको यस विषम परिस्थितिमा समेत जनतालाई राहत दिनुको साटो संविधान विरोधी कार्यमा उद्धत प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निरङ्कुश र अधिनायकबादी क्रियाकलापको प्रतिकारमा जुट्न समेत आम जनसमुदायलाई प्रेस बिज्ञप्ती मार्फत अपिल गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...