News Portal

  • भक्तपुरका काँग्रेस कार्यकर्तालाई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ २०७८
    १८८७ पटक
    भक्तपुर, १९ जेठ २०७८

    नेपाली काँग्रेसले भक्तपुरमा आफ्ना कार्यकर्तालाई मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान गरेको छ । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनाका लागि यस्तो आह्वान गरिएको हो ।

    नेपाली काँग्रेस भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ का सभापति जीवन खत्री र २ का सभापति नारायणभक्त खायमलीले सबै वडा कमिटीलाई सर्कुलर नै पठाएर पूजा अर्चना र दिप प्रज्वलनका लागि आह्वान गरेका युवा नेता राजु पुरीले जानकारी गराए । जेठ २२ गते शनिवार बिहान ७ बजे सम्बन्धित वडाको पायक पर्ने मन्दिरमा गई पूजा अर्चना र दिप प्रज्वलनका लागि अनुरोध गरिएको छ ।

    नेपाली काँग्रेस भक्तपुरका उप सभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुंगेल, प्रदेश सांसद कृष्णलाल भडेल लगायत जिल्ला समितिसंगको परामर्सपछि धार्मिक कार्यबाट कोरोनाबिरुद्धको शक्ति प्राप्त गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बुझिएको छ । पार्टीका जिल्ला नेताहरु, स्थानीय जनप्रतिनिधिहरु लगायतको समन्वयमा उक्त कार्क्रम सम्पन्न गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...