News Portal

  • भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ जेठ २०७८
    १७७१ पटक
    भक्तपुर, २१ जेठ २०७८

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय कार्य गर्दै आएको हो ।

    यसैबीच, चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घरलाई वाइसिएल नेता विनोद लामिछानेको नेतृत्वमा शुक्रवार राहत सहयोग उपलब्ध गराइएको छ । करिब साठी जना घरबारबिहीन जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको आश्रय स्थल रहेको उक्त सेवाघरका लागि वाइसिएल प्रदेश सदस्य समेत रहेका युवा नेता लामिछानेको पहलमा सहयोग उपलब्ध गराइएको हो ।

    सेवाघरलाई २० बोरा (६०० केजी) चामल र सरसफाइ केमिकल १० लिटर फिनेल शुक्रवार हस्तान्तरण गरिएको छ । राहत ग्रहण गर्दै सेवाघरकी संचालिका सुशिला चौलागाईले वाइसिएल र माओवादी केन्द्र प्रति आभार प्रकट गरिन् । राजनीतिक दल र संगठन भएतापनि भोटका लागि नभई सामाजिक सेवा भावले सहयोग गरेको प्रति उनले खुशी व्यक्त गरिन् । उक्त अवसरमा नेकपा माओवादी केन्द्रका चाँगुनारायण नगर इन्चार्ज रामशरण दाहाल, संयोजक नरेश खड्का, वडा नम्बर ८ का अध्यक्ष मदन श्रेष्ठ लगायतको सहभागिता रहेको युवा नेता बिनोद लामिछानेले बताए ।

    पत्रकार मदन ढुंगानाले सेवाघरमा आश्रितहरुका लागि खाद्यान्न अभाव रहेको जानकारी गरेपछि केहि दिन अघि वाइसिएलको तर्फबाट आफूहरु खाद्यान्न लिएर पुगेको स्मरण गर्दै नेता लामिछानेले त्यहाँका आश्रितहरु धेरै देखिएकाले दोश्रो चरणको राहत उपलब्ध गराइएको जनाएका छन । निषेधाज्ञाका कारण जनजीवन प्रभावित हुँदा सेवाघरमा दान प्राप्तीमा समस्या देखिएपछि आफूहरुले करिब १ महिना पुग्ने खाद्यान्न उपलब्ध गराउन सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरेका छन् ।

    sewa ghar

    चाँगुका नेताहरु रामशरण दाहाल, नरेश खड्का, मदन श्रेष्ठ त्यसैगरी युवाहरु चाँगुका सन्तोष न्यौपाने,कटुन्जेका दिपक थापा, कमल विनायककी सीता थापा र सिपाडोलका रविन लामा लगायतका सहयोगी युवाहरुले आफूहरुलाई सहयोगका लागि रकम उपलब्ध गराएपछि चामल किनेर सेवाघरलाई सहयोग हस्तान्तरण गरेको युवा नेता लामिछानेले जानकारी गराए ।अझ सकारात्मक समाचार यो छ कि यस सेवा कार्यमा सहयोग गर्ने युवा दिपक थापा युवा संघ नेपालका केन्द्रीय सदस्य एवं भक्तपुर अध्यक्ष समेत हुन् । फरक संगठन र फरक राजनीति भएपनि समाजसेवामा युवाहरुको एकै नीति भएको उनले बताए ।

    लकडाउनमा वास्तविक समस्यामा परेका नागरिकहरु, अपांगता भएका अशक्तता भएकाहरु त्यसैगरी अभावग्रस्त जेष्ठ नागरिक, एकल महिला र अनाथ बालबालिका लगायतलाई विभिन्न ठाउँमा गई आफूहरुले सहयोग गरिरहेको र यस्तो सहयोगलाई निरन्तरता दिने नेता लामिछानेको भनाइ छ । वास्तविक समस्यामा रहेकाहरुले राहत चाहिएको खण्डमा स्थानीय वाइसिएलका युवाहरुलाई सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...