News Portal

  • विदेशी स्वार्थ अनुरुप ओली सरकारले काम गरिरहेको अध्यक्ष बिजुक्छेंको आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ जेठ २०७८
    १६४९ पटक
    भक्तपुर, २२ जेठ २०७८

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले ओली सरकारको आलोचना गरेका छन् । चुरे पहाडको बिनासमा उद्धत रहेको ओली सरकारको उनले आलोचना गरेका हुन् ।

    अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा वर्तमान सरकारले विदेशी स्वार्थ अनुरुप काम गरेको आरोप लगाए । चुरे माथि भारतले पहिल्यैदेखि आँखा गाडिरहेको उनको भनाई छ । शनिवार ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइन बाट सार्वजनिक गर्दै उनले वर्तामान सरकारप्रति असन्तुष्टि जनाएका हुन् । चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ भन्दै नेता बिजुक्छेँले चुरे दोहनमा पूर्व र वर्तमान सरकारहरु जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट पारे ।

    योग्यता र अनुभव विना मन्त्री बनाउने प्रचलनका कारण देशका मन्त्रालयहरु लथालिंग रहेको र कमिसनको चलखेल व्याप्त रहेको उनले आरोप लगाउदै सरकारमा गएका राजनीतिक पार्टीका कारण देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको दावी समेत गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले दुईतिहाई बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको हुँदा निर्वाचनको माध्यमबाट यिनीहरुलाई पराजीत गर्नुपर्ने आवश्यकता औल्याए ।

    जन्मको आधारमा नागरिकता दिने अध्यादेश माथि खेद प्रकट गर्दै उनले ओली सरकारले देशको हित बिपरित हुने गरी अध्यादेश ल्याएको जिकिर गरे । जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश देशको हितविपरीत भएको उनको भनाइ छ ।

    काठमाडौं उपत्यका वरपर आधुनिक सहर निर्माण गर्ने भन्दै जथाभावी बस्ती विकास गर्नु पनि गलत भएको बताउदै उनले सरकार सन्तुलित विकास विरोधीको रुपमा अगाडि बढिरहेको बताए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ङातापोल्हँ मन्दिर (पाँच तले मन्दिर) सबैको शान भएको बताउदै वर्षको लाखौं पर्यटक लाई यसले आकर्षित गर्ने गरेको स्मरण गरे । उनले मन्दिर जीर्णोद्धारमा नगरपालिकाले कुनै कसर बाँकी नराखेको बताउदै नगरपालिका प्रतिको बिश्वास नै आफूहरुको प्रेरणा बनेको बताए ।

    नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माण तथा स्वास्थ्य उपकरणहरु व्यवस्था गर्नको लागि स्वतःस्फूर्त ढंगले आर्थिक सहयोग प्राप्त हुनु नगरपालिकाप्रति जनताको बिश्वास भएको र आफूहरुलाई यसले काममा उत्साह मिलेको प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रजनी जोशी,विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्की, प्रा.डा. सुदर्शनराज तिवारी,प्रा.डा. प्रेमनाथ मास्के,संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायतले पनि आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रम सञ्चालन वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले गरेका थिए भने उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले मन्दिर जीर्णोद्धारदेखिका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...