News Portal

  • श्रीमती र छोराको हत्या आरोपमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ असार २०७८
    ६७० पटक
    भक्तपुर, ४ असार २०७८

    काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोराको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति बनेपा डेरा गरी बस्ने पाँचखाल–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

    बनेपाको तीनदोबाटोमा पसल गर्दै आएका घिमिरेमाथि ३० वर्षीया श्रीमती र छ वर्षीया छोरालाई गएराति विष खुवाई हत्या गरेको आरोप छ ।

    भाग्दै गरेको अवस्थामा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिडेका बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...