News Portal

  • भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ असार २०७८
    १२७६ पटक
    भक्तपुर, ६ असार २०७८

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो ।

    महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक प्रेस बक्तव्यमा कार्यस्थल जाँदै गरेकी महिला पत्रकारमाथि गरिएको दुर्व्यवहारको घोर भत्सर्ना गर्दै पीडकलाई कडा कारवाहीको माग गरिएको छ । भक्तपुरको जगतीस्थित रेडियो हिमालयनमा कार्यरत महिला पत्रकारलाई यहीं असार ४ गते बिहान कार्यस्थलमा जाँदैं गर्दा अरनिको राजमार्ग आदर्श चोक नजिक बाटो छेकेर दुर्व्यवहार भएको भनिएको छ ।

    ‘यहीँ असार ४ गते सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको रेडियो हिमालयनको बिहान ६ बजेको समाचार वाचनका लागि कार्यस्थलतपर्फ जाँदै गर्दा उहाँमाथि दुर्व्यवहार भएको घटनाले जिल्लामा महिला हिंसाको डरलाग्दो अवस्था समेत उजागर गरेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

    सूर्यविनायकदेखि जगातीसम्म जानेक्रममा अरनिको राजमार्गकै आदर्श चोक नजिक विपरीत दिशाबाट आउँदै गरेको अल्फाबेट नखुलेको ९५७३ नम्बरको मोटरसाइकलमा आएका पुरुषले बाटो छेकी अश्लील शब्द प्रयोग गर्दै दुर्व्यहार गरेको घटना सभ्य समाजका लागि चिन्ताको विषय बनेको भन्दै महासंघले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराएपनि हालसम्म दोषिलाई पक्राउ गरी कार्वाहीको दायरामा नल्याएको प्रति आपत्ती प्रकट गरेको छ ।

    उक्त घटनाले नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने हक र मानवअधिकारको समेत गम्भिर उलंघन भएको ठहर महासंघको रहेको छ । एकाबिहानै राजमार्गमै महिलाले आफू असुरक्षित महशुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सम्वन्धीत सवै पक्षसँग महासंघले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

    घटनाको सम्बन्धमा प्रतिक्रिया दिंदै नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले पीडकलाई अविलम्ब कारवाही नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् भने रेडियो हिमालयनका स्टेसन म्यानेजर समेत रहेका पत्रकार रमेश गिरीले सभ्य समाजलाई नै लज्जित गराउने यस्ता आपराधिक मनोवृत्ति बिरुद्ध सम्पूर्ण नागरिक समाज एक भएर अघि बढ्नुपर्ने  आवश्यकता औल्याए । उनीहरुले पीडालाई लुकाएर एक्लै सहदा अपराधीको मनोबल बढ्ने हुँदा यस्ता घटना बाहिर ल्याई पीडकलाई कार्वाही गर्नुको बिकल्प नभएको बताए ।

    तस्वीर ः गुगल

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...