News Portal

  • नेपाली कांग्रेस भक्तपुरले हेलम्बुमै पुगेर बाड्यो राहत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असार २०७८
    ९१६ पटक
    भक्तपुर, ११ असार २०७८

    नेपाली काँग्रेस भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई राहत वितरण गरेको छ । जिल्ला नेताहरु बिहिवार उक्त क्षेत्रमै पुगी राहत वितरण गरेका हुन् ।

    जिल्ला उपसभापति हरि प्रसाद नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति प्रदेशका संसदिय दलका उपनेता एवम् प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्रीय सभापतिद्धय जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सचिव निशान ढुंगेल, जिल्ला सदस्य सुशिल बस्नेत, भक्तपुरका वरिष्ठ नेता राजाराम खड्का, क्षेत्र नं. १ का क्षेत्रीय सचिव जनक खत्री, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितको टोली हेलम्बु गाउँपालिका ३ तारामाराङ पुगेर राहत वितरण गरेको हो ।

    राहत सामग्री उपसभापति नेपालले हेलम्बु गाउँपालिकाका कार्यपालिका सदस्य लक्ष्मी सुनारलाई हस्तान्तरण गरेपछि स्थानीय नेपाली कांग्रेसका नेता एवम् समाजसेवी नारायण गिरीको व्यवस्थापनमा स्थानीय बाढी पिडितलाई वितरण गरिएको सचिव निशान ढुंगेलले जनाएका छन् । स्थानीय ६१ परिवारलाई राहत सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

    भक्तपुरबाट कांग्रेसको टोली बिहीवार ९० बोरा चामल, चिउरा, तेल, दाल, सोयाविनलगायतका खाद्यान्न लिएर हेलम्बु पुगेको थियो । टोलीलाई जिल्ला सभापति दुर्लभ थापाले राहत वास्तविक पिडितले पाउनेगरी वितरण गर्न निर्देशन दिएका थिए ।

    राहत वितरणका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतले स्थानीयस्तरमा सहजीकरण गरेका थिए ।

    सो अवसरमा जिल्ला सचिव निशान ढुंगेलले गत असार १ गते मेलम्ची नदिमा आएको बाढीले हेलम्बु र मेलम्चीमा पु¥याएको क्षति भयावह भएको भन्दै भक्तपुर काँग्रेसबाट थप सहयोगको प्रतिवद्धता समेत प्रकट गरे । यस अघि सिन्धुपाल्चोकका नेता एवं नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतमार्फत भक्तपुर पार्टीले ३ लाख ५१ हजार रुपैंया गाउँपालिकालाई सहयोग गरेको जानकारी दिँदैं सचिव ढुंगेलले आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...