News Portal

  • बिपतमा परेकालाई तत्काल राहत दिन भक्तपुर कांग्रेसको कोष, सहयोग जम्मा गर्न अपिल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ असार २०७८
    ६६० पटक
    भक्तपुर, १३ असार २०७८

    चाँगुनारायण–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको छ ।

    घटना लगत्तै बागमति प्रदेश नेपाली कांग्रेस संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, सचिव जनक खत्रीसहितको टोली घटनास्थल पुगेको थियो । पिडितलाई भक्तपुर कांग्रेसले सहयोग गरेको बताइएको छ । पिडित परिवारलाई कांग्रेसको टोलीले नगद ५ हजारसहित लत्ताकपडा, खाद्यान्न, ग्यास, ग्यासचूलो लगायतका सामग्री सहयोग गरेको क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिए । साथै, नेपाल रेडक्रस सोसाईटी चाँगुनारायण उपशाखाले पिडित परिवारलाई भाँडावर्तन सहयोग गरेको सचिव दिवाकर पौडेलले जनाएका छन् ।

    नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको निर्देशनमा पिडित मिजार परिवारलाई सहयोग गरेको क्षेत्रीय सभापति खत्रीले बताए । सभापति थापाको विशेष पहलमा नेपाली कांग्रेस भक्तपुरले विपतमा परेका नागरिकलाई तत्काल सहयोग गर्न  कोष स्थापना गरेको छ । सो कोषमार्फत विपतमा परेका भक्तपुरका नागरिकलाई सहयोग गर्ने नीति कांग्रेसले लिएको खत्रीले जानकारी गराए ।

    यो अभियानमा सहयोग गर्न नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री र क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमलीले पार्टी शुभचिन्तक, नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् । भक्तपुर कांग्रेसले हालै सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले क्षति गरेका पिडितहरुलाई खाद्यान्न लगायत नगद ३ लाख ५१ हजार सहयोग गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...