News Portal

  • युथ फोर्स व्युँतिएको घोषणा : भण्डाफोर अभियान चलाउने इन्चार्ज बस्नेतको उद्घोष

    भक्तपुरपोस्ट संवाददाता काठमाडौँ, २९ असार २०७८
    १३८८ पटक
    काठमाडौँ, २९ असार २०७८

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको छ । संघले मंगलवार युथ फोर्सलाई व्युँताएको घोषणा गरेको हो ।

    काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स व्युँतीएको घोषणा गरेका हुन् । माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिएको युथफोर्स पुनः मुलुकको लागि आवश्यक परेकोले व्युँताइएको अध्यक्ष पौडेलेले बताए।

    युथफोर्स संयोजकमा संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवे र सहसंयोजकमा संघकै अर्का उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । थेवेको संयोजकत्ममा ५०१ केन्द्रीय कमाण्ड रहने संघले जनाएको छ ।

    त्यस्तै युथ फोर्सले देशभर १७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने जसमा २५ वटा काठमाडौँ उपत्यकाभित्र रहनेछन् भने १५० वटा उपत्यका वाहिर रहने र यसको मुख्य कमाण्ड पार्टीको निर्देशन अनुसार संघका अध्यक्ष पौडेलले गर्ने जानकारी गरिएको छ ।

    युथ फोर्स गठन कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले कानुनलाई हातमा लिने नभई साथमा लिएर मुलुकमा भइरहेको राजनीतिक विकृति, विसंगती तथा अदालतले सेटिङ तथा डलरको भरमा गर्ने निर्णयको विरुद्धमा भण्डाफोर अभियान चलाउने उद्घोष गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...