News Portal

  • दुई तिहाइबाट उदाएका ओलीको ‘वियोगान्त बहिर्गमन’

    कृष्ण गिरी भक्तपुर, ३१ असार २०७८
    १०२६ पटक
    भक्तपुर, ३१ असार २०७८

    ४ फागुन २०७४ मा करिब दुई तिहाइ बहुमत सहित केपी शर्मा ओलीले सरकारकारको नेतृत्व गरेका थिए । कम्युनिस्टको नेतृत्वमा दुई तिहाइको बहुमतमा सरकार बनेको पहिलो पटक नै थियो । त्यतिबेला कम्युनिष्टलाई मात्रै हैन काँग्रेसहरुलाई पनि लागेको थियो ५ बर्ष कम्युनिस्टको सरकार चल्ने छ । राजनीतिक स्थिरता कायम गर्ने छ र विकासका आशालाग्दा कामहरु हुनेछन् । जनताको जीवनममा केहि परिवर्तनका धर्काहरू कोरिने छन् । तर ३ वर्ष ५ महिनापछि त्यहि दुई तिहाइको प्रधानमन्त्री संसदमा विश्वासको मत गुमाउने मात्र होइन, आफ्नै पार्टीका सांसदले भोट नहालीदिएर सरकारबाट वियोगान्त बहिर्गमनको पिडा भोग्न बाध्य भए ।

    सरकार संचालन गरेको दुई बर्ष पुगेको दिन गृह जिल्ला झापा गएर ओलीले आफ्नो सरकारका विरुद्ध षड्यन्त्र हुन थालेको आरोप लगाए । जब कि बहुमत भएका ओलीको विरुद्ध षड्यन्त्र गर्न सक्ने प्रतिपक्ष नै थिएन । तर समय यस्तो आयो कि ओलीकै कारण उनी सिंहदरवारको सिंहासनबाट एउटा बालकोटको बार्दलीमा पुगेर आफ्नै मण्डलीहरुका बीचमा स्वर सुकाएर भाषण गर्नुपर्ने अवस्थामा पुगे । सत्ताको सिंहासनबाट निकालिएका ओलीसंग पुरा मन्त्रीमण्डल पनि साथमा भएन ।

    टिकाउन सकेनन नेकपा
    २०७४ साल असोज १७ गते नेपालको इतिहासमा नयाँ अध्यायको सुरुवाता भएको थियो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मोर्चा बनाएर चुनावमा जाने । तर केहि समयपछि त्यो मोर्चाबाट नयाँ शक्ति बाहिरीयो । तर एमाले र माओवादीको मोर्चा भने चुनाव हुदै पार्टी एकतासम्म पुग्यो । चुनावमा पछि झण्डै दुई तिहाइको सरकार बन्यो । पार्टी एकता पनि भयो । अब कम्युनिस्टले यो देशमा राम्रो काम गरेर अलि धेरै समय टिक्छन भन्ने जनमत तयार हुदै थियो । नेताहरुले त अब १०, २० वर्ष काँग्रेस सरकारमा जान नसक्ने बताएका थिए । तर पार्टी र सरकारको नेतृत्व गरेका केपी ओलीका कारण न पार्टी बच्यो न त सरकार नै । उनले आफ्नो स्वार्थकोलागि एकता गरेका थिए भनेर उनकै पार्टीका नेताहरुले लगाएको आरोप अन्तत: पुष्टि भयो ।

    पार्टी एकतालाई उनले सत्तागमनको भर्‍याङ बनाए । उनको स्वच्छाचारीता पार्टीमा टिक्न नसकेपछि पार्टी नै विभाजन गरे । उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो पूँजी थियो दुई पार्टीबीचको एकता तर त्यहि पूँजी ओलीले आफ्नै कारण गुमाए । उनको कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने र जनताको जीवन परिवर्तन गर्ने कुरा ओठे भक्तिमा सिमिति भएको पुष्टि भयो । ओलीले आफ्नो स्वार्थमा धक्का लाग्न थालेपछि सबै भन्दा पहिला नेकपा विभाजनको तयारीमा लागे । आफुले नसकेपछि अदालतमा सेटिङ गरेको उनका पक्षमा मानिसहरूले हिउँदभरी सडक देखि सदनसम्म फलाक्दै हिडे ।

    अन्तत: नेकपा विभाजन भयो । त्यहि दिन ओलीले बालुवाटारमा मिठाइ बाँडे । जीवनमा गरेको राम्रो काम आफैले सधैको लागि नेकपा विभाजन गरेर कलंकको टिका लगाएर विभाजन गरे । यो ओली प्रवृतिको उदय थियो । र ओलीको पराजयको सुरुवात थियो । करीब ७० वर्ष लामो कम्युनिष्ट आन्दोलन र संघर्षबाट पहिलोपटक करीब दुई तिहाइ प्राप्त गरेको नेकपाको बहुमतलाई अन्तत: ओलीले विघटन गरे ।

    जनमतको उपहास
    झण्डै दुई तिहाइको जनमतलाई वेवास्ता गदै इगो र प्रतिसोधको राजनीति गर्दा आफै सत्ताबाट बेदखल हुनु पर्‍यो । तर पनि उनले आफ्नो कमि कमजोरी कहिकतै महसुस गरेका छैनन् । जनमतको कदर गरेर त्यो जनमतलाई जोगाउन सकेको भए नेकपा जोगिन्थ्यो । ओलीलाई सबै आफ्नो कारणले भएको भ्रमका कारण उनमा दम्म पलाएको एमालेका एक स्थायी कमिटी सदस्य बताउछन् । ती सदस्यले भने ‘ओलीमा सबै भन्दा ठूलो भ्रम नेकपाको जनमत आफ्नो कारण हो भन्ने छ । जब कि त्यो जनमत कम्युनिस्ट एकताकोलागि थियो । जुन एकता ओलीले भत्काएका छन् ।’

    पटक पटक संविधानमाथि ‘कु’
    कम्युनिस्ट प्रति जनताको भरोसा थियो । त्यहि भरोसाको परिणाम थियो सरकारमा दुई तिहाइ । तर ओलीले जनताको अभिमतको वेवास्ता गदै दुई पटक संविधानमाथि ‘कु’ गरे । ७० बर्ष भन्दा लामो संघर्षको परिणाम संविधान सभाबाट संविधान बनेको थियो । जब कि यो भन्दा पहिलाका संविधान को राजाबाट जारी हुन्थे त कोहि राजनीति दल र राजाको मिलोमतोमा बनेका थिए । तर जनताबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको संविधान ओलीले दुई पटक कु गरे ।

    दुबै पटक ओलीको कदमलाई अदलतले उल्टाई दियो । जनताको , राजनीति दलको त्यागतपस्या र बलिदानीबाट आएको परिवर्तनमाथि ओलीले नै कु गरे । संविधान कार्यन्वय गर्नुको सट्टा त्यहि संविधानको हुर्मत लिने काम गरे । जसका कारण अन्त उनले सत्ता बाट नै हात धुनु पर्‍यो । अहिले उनी सत्ताच्युत भएका छन् । उनले यदि सहि तरिकाले जनमतको कदर गदै संविधान कार्यन्वयनमा ध्यान दिएको भए उनले पाँच बर्ष सरकार चलाउन पाउथे । तर आफ्नै पार्टी वेवास्ता गदै सरकार चलाउदा अहिले सरकारबाट हात धुनु परेको छ ।

    अध्यादेशाट शासन गरे

    ओलीले संसदलाई बन्धक बनाएर अध्यादेश ल्याएर सरकार चलाउन थाले । जुन कुरा उनले बह्रीगमनको अन्त्यमा पनि देखियो । उनले संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याए । उनले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र अनेक चलखेलमार्फत आफ्नो र अर्काको पार्टी फुटाउने वा दलभित्र भाँडभैलो सृजना गर्ने प्रयत्न गरे । नेकपाको विभाजन, एमालेको विग्रह र जसपाको फुटमा उनको सत्तास्वार्थ मुख्य कारकतत्व बनेर देखा पर्‍यो । उनका कारण लोकतन्त्र र निर्वाचित सरकारमाथि पनि आंशका बढ्यो । लोकतन्त्र प्रति नै वितिष्णा फैलाएर सरकारबाट बह्रिगमन भएका छन् ।

    लज्जास्पद बिदाइ
    सरकार संचालन गरेका केपी ओलीको तीन बर्ष ५ महिना अत्यधिक विवादीत बने । उनले सरकारमा बसेर धेरै ठूलो ठूला कुरा गरेपनि काम भने केहि गर्न सकेनन् । उनले आफ्नो कार्यकालमा चामत्कारिक काम भएको दाबी गरिरहे । आफ्ना उपलब्धि सुनाउन कयौ पटक राष्ट्रका नाममा भद्दा सम्बोधन गरीरहे । जति सम्बोधन गरेपनि उनको भाषणलाई विश्वास गर्नेहरु उनकै भण्डली मात्रै रहे । आम नागरिकले पत्याएनन् ।

    उनले संविधान माथि गरेको कु का कारण प्रधानमन्त्रीबाट लज्जास्पद विदाई भएको छ । दुई तिहाइ सांसदको मतबाट प्रधानमन्त्री बनेका ओलीले २७ वैशाखमा ९३ मत पाएका थिए । उनलाई एमालेका सांसदले पनि मत दिएनन । जसको कारण थियो उनले संविधानमाथि गरेको कु । संविधानमा नभएको अधिकार प्रयोग गरेर २ पटक संसद विघटन गरे । जसलाई सर्वोच्च अदालतले दुबै पटक गतल सावित गरी दियो । दोस्रो पटकको संविधानमाथि गरेको कु का कारण अदालतको परमादेशबाट नै ओलीको बियोगान्त बह्रीगमन भएको छ । उनले विधि विधान नमानेको कारण उनलाई अदालतले नै नसियत दिएको देखिन्छ । दुई तिहाइकोको सरकारको प्रमुखले नत सांसदबाट विश्वासको मत पाए । नत अदालतले नै उनले गरेको काम सहि हो भन्यो । उनको यो राजनीति, नैतिक रूपमा नै ठूलो हार हो ।

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...