News Portal

  • होन्डा सोरुम गठ्ठाघरमा तेल कम खाने स्कुटर आएको दावी : सोमबार गरियो सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,४ साउन २०७८
    १२३२ पटक
    bhaktapur honda show roomभक्तपुर,४ साउन २०७८

    भक्तपुरमा होन्डा सोरुम गठ्ठाघरले होन्डा ब्रान्डको नयाँ स्कुटर सार्वजनिक गरेको छ । सोरुपले होन्डाको नयाँ स्कुटर ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको हो ।

    मध्यपुर ३ का वडाध्यक्ष प्रेम कुटुले सोमबार उक्त मोडलको स्कुटर सोरुममा एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । उक्त अवसरमा वडाध्यक्ष कुटुले दुई पाङ्ग्रे सवारी आवश्यकताको साधन भैसकेको भन्दै होन्डाको यो मोडलले राइडरको मन जित्नसकोस भन्ने शुभकामना समेत दिएका थिए ।

    उक्त अवसरमा सोरुमका संचालक मिलन सिग्देलले सार्वजनिक गरिएको स्कुटरले तेल कम खाने र बढी माइलेज दिने दावी गरे । नेपालमा एफआइ इन्जिन भएको यो पहिलो स्कुटर भएको भनिएको छ । फ्युल इन्जेक्टेड (एफआइ) प्रविधिको इन्जिनका कारण यसले प्रदुषण नहुने कम्पनीको दावी छ । १२५ सिसिको नयाँ मोडलमा व्यावहारिक फिचर थप गरी पूर्ण रुपमा रि–डिफाइन गरिएको बताइएको छ । आकर्षक र स्टाइलिस लुक रहेको स्कुटरमा १ सय ५५ देखि १ सय ७१ एमएमसम्मको ग्राउण्ड क्लेरेन्स छ । स्कुटरमा स्पिडोमिटरमा माइलेज फिचर रहेको छ । जुन फिचरबाट रियल टाइम माइलेज, एभरेज माइलेजका साथमा कति किमीसम्म गुड्न सक्छ भनेर हेर्न सकिने बताइएको छ ।

    सोरुमका संचालक सिग्देलले दिएको जानकारी अनुसार ड्रम ब्रेक भएको स्कुटरको मूल्य २ लाख मूल्य २ लाख ६९ हजार ९ सय र डिस्क ब्रेक भएकोको मूल्य २ लाख ८९ हजार ९ सय तोकिएको छ । उनले सुरुवाती बिक्रीको समयमा मूल्यमा केहि छुट समेत उपलब्ध गराइने जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...