News Portal

  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता सानोठिमी, ६ साउन
    ११२४ पटक
    सानोठिमी, ६ साउन

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । साउन ३१ गते बाट शरु हुने गरी बोर्डले बुधवार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    यस अघि जेठमा सम्पन्न हुनेगरी परीक्षा तालिका सार्वजनिक गरिएको भएपनि कोभिड–१९ महामारी दोस्रो लहरका कारण परीक्षा पछाडि सरेको हो ।

    साउन ३१ बाट शुरु हुने परीक्षा भदौं ९ गते सम्पन्न गर्नेगरी तालिका सार्वजनिक गरिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म निर्धारण गरिएको छ ।

    यस पटक परीक्षा नसर्ने जिकिर गर्दै बोर्डमा सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भक्तपुर पोस्टसंग भने, ”विद्यार्थीले ढुक्क भएर तयारी गर्नुस्, परीक्षा अब सर्दैन ।”

    हेर्नुस् परीक्षा तालिका

    CLASS12ROUTINE2078 (1)

     

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...