News Portal

  • ओली पक्षले युथफोर्स ब्युँत्याएपछि माधव नेपालले भक्तपुर आएर गरे पीभी बनाएको घोषणा

    नेता नेपालको नरम भाषण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन २०७८
    १२०९ पटक
    भक्तपुर, ७ साउन २०७८

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १ हजार १ सदस्यीय पिपुल्स भोलुण्टिएर(पीभी) कमिटी घोषणा गरेका छन् ।अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँत्याएर नेता नेपालको पुत्ला जलाउन थालेपछि नेपाल निकट युवा संघले पिपुल्स भोलुण्टिएर (पीभी) निर्माण गरेको हो ।

    बिहीवार पार्टीका सस्थापक महासचिव पुष्पलालको ४३औं स्मृती दिवसको अवसर पारेर नेता नेपालले शिव श्रेष्ठको नेतृत्वमा पिपुल्स भोलुण्टिएर(पीभी) बनाइएको घोषणा गरेका हुन् । वरिष्ठ नेता नेपालले रंजन मोहन सैंजूको नेतृत्वमा ५५ सदस्यीय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी र उमेश घोरासैनीको नेतृत्वमा पिपुल्स भोलुण्टिएर(पीभी) भक्तपुरको समेत घोषणा गरे ।

    भक्तपुरको सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा युवा संघ नेपालद्वारा आयोजित कार्यक्रममा युवा दस्ता पिपुल्स भोलुण्टिएर(पीभी) घोषणा गर्दै प्रमुख अतिथि नेता नेपालले मैदान छोडेर भाग्न नहुनेमा जोड दिएका छन् । सहि बिचारको पछि लाग्दा जस्तोसुकै कठिन घडीमा समेत मैदान छोडेर भाग्नु नहुने उनले बताएका हुन् । सहि बिचार बोक्नेको सधै जीत हुने भन्दै उनले सहि बिचार भएकाहरुले गलत कार्य गर्दै हिड्न नहुने सुझावसमेत दिए । मान्छेले बिचारअनुसार व्यवहार प्रदर्शन गर्ने भन्दै उनले आफ्नो व्यवहारद्वारा आफ्नो बिचारलाई स्थापित गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

    पिपुल्स भोलुण्टिएर पार्टीको युवा दस्ताको रुपमा देश र जनताको सेवा गर्ने अभियानमा लाग्ने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले असल मानिसको पर्याय बनेर समाजमा प्रस्तुत हुनुपर्ने प्रष्ट पारे । उनले युवाहरु अध्ययनशील हुनुपर्ने र समाज परिवर्तनका पुस्तकहरु पढेर ज्ञानले भरिपूर्ण बन्नुपर्ने आवश्यकता समेत औल्याए । सत्ता र स्वार्थको भोक नभएका इमान्दार युवाहरु मात्र पिपुल्स भोलुण्टिएर बन्न सक्ने बताउदै नेता नेपालले सच्चा कम्युनिष्ट कार्यकर्ता बन्नु कठिन कार्य भएको र सबैको बशको विषय नभएको जिकिर गरे ।

    पार्टी नेतृत्व गलत बाटोमा हिड्दा दुई तिहाइ बहुमत भएको आफ्नै पार्टीको सरकार ८३ जनामा खुम्चिएर खुस्कनु परेको भन्दै उनले दुख व्यक्त गरेका छन् । अप्ठ्यारो बेलामा आफ्नाको पहिचान हुने भन्दै उनले पार्टीमा सहि र गलतको कित्ता छुट्टिएको र युवाहरु गलतमा बदलीने नभई गलतलाई सहि तर्फ बदल्न सक्नुपर्ने बताए ।

    अंहकारको घोडामा चढेका बादशाहलाई घोडावाट उतारेपछि मात्र बास्तविकताको ज्ञान हुने भन्दै उनले आफूहरुले गलत बाटोमा हिडेको नेतृत्वलाई सहि बाटोमा ल्याउन खोजेको दावी गरे । कमजोरी सुधार गर्नेले मात्र सम्मान पाउनेमा जोड दिंदै नेता नेपालले नेतृत्वले गल्ती सुधारे मात्र एकता सम्भव हुनेसमेत खुलासा गरे ।

    ओली पक्षको युथ फोर्स बिरुद्ध पीभी बनाइएको भएता पनि घोषणा सभामा नेता नेपालले कुनै उत्तेजक भाषण भने गरेनन । उनको नरम भाषणमा युवाहरुले खोजेको कुरा नभेटाएको जस्तो देखिन्थ्यो । युवा नेताहरुले भने यसलाई पार्टी पुन: एकतातर्फ उन्मुख रहेको हुनसक्ने अर्थमा लिएका छन् ।

    उक्त अवसरमा युवा संघका इन्चार्ज रघुजी पन्तले देशको भविश्य युवाहरुको काँधमा रहेको भन्दै पिपुल्स भोलुण्टिएर सचेत युवाको संगठन प्रमाणित हुने बिश्वास व्यक्त गरे । सस्थापक महासचिव पुष्पलालले भने झैँ सिद्धान्त, संगठन र संघर्ष बाट बिचलित नबनी जनताको सेवामा लाग्न उनले निर्देशन समेत दिएका छन् । नेता पन्तले आफूहरुले तत्कालिन नेता गिरीजा प्रसाद कोइरालालाई जत्ति गाली गरे पनि अन्त्यमा उनकै नेतृत्वमा ६२/ ६३ को जनाआन्दोलन सफल भएको भन्दै अहिले एमाले भित्राका केहि९ मानिसले जत्ति सरापेपनि अन्तत माधव नेपाल नै सहि नेतृत्व सावित हुने दावी गरे ।

    कार्यक्रममा युवा संघका अध्यक्ष नरेशकुमार शाहीले पिपुल्स भोलुण्टिएको घोषणा संगै युवाको नाममा ठेकेदार र दलालहरुको दस्ता बनाएर रमाएकाहरुको निन्द हराम भएको जिकिर गरे । आफूहरुको संगठन बैचारिक भएको भन्दै उनले सहि बिचार भए हतियार मात्र होइन, मिसायल विरुद्ध पनि लड्न सकिने भन्दै सोही आत्मविश्वास पिपुल्स भोलुण्टिएमा भएको स्पष्ट पारे । आफूहरु व्यक्तिको पछि नलागेको जिकिर गर्दै उनले माधव नेपाल नेकपा एमालेको पर्याय तथा निष्ठा र आदर्शको सतिसाल भएकोले उनलाई अप्ठ्यारोमा पार्नखोज्ने विरुद्ध जाइलाग्ने उद्घोष गरे । उक्त अवसरमा नेकपा एमाले नेपाल पक्षका भक्तपुर अध्यक्ष रजन केसीले पिपुल्स भोलुण्टिएर (पीभी) को घोषणा भक्तपुरमा हुनु भक्तपुर पार्टीको लागि ऐतिहासिक र उत्साहजनक रहेको बताएका थिए ।

    पिपुल्स भोलुण्टिएर(पीभी) घोषणा गर्नु अघि युवाहरुले मोटरसाइकल र्याली गरेका थिए । करिब १ हजारको संख्यामा रहेका मोटरसाइकलका कारण ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो । सूर्यविनायक चोक देखि कार्यक्रम स्थल थापा पार्टी प्यालेस सम्म मोटरसाइकलहरुका कारण लामो  समय सम्मै बाटो अवरुद्ध बन्न पुग्यो । अध्यक्ष ओली निकट युवा संघका इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य महेश बस्नेतको इलाकामै उनको नाकै मुनी नेपाल पक्षले कार्यक्रम राख्नु र ब्यापक युवा सहभागिता गराउनुलाई नेपाल पक्षको प्रतिष्ठाको रुपमा हेरिएको छ ।ओली समुहको सम्भावित प्रतिरोध र पार्टीको आन्तरिक कलहमा रहेका यी दुई समुहको सम्भावित झडपलाई ध्यान दिएर भक्तपुरमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । वरिष्ठ नेता नेपाल पक्षको कार्यक्रम अवधिभर अध्यक्ष ओली पक्षले कुनै हर्कत भने प्रस्तुत गरेन ।

    प्रतिकृया दिनुहोस्

    पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्...

    सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

    नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम...

    दीपेश पुनलाई ८ दिन हिरासत

    काठमाडौं, ४ चैत २०८० । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न...

    ३० बर्षपछि कुम्भ राशिमा शनी उदय, ६ राशिलाई फाइदै फाइदा

    आज चैत्र ४ गते आईतवार ३० बर्षपछि कुम्भ राशिमा शनी उदय भएको छ । काठमाडौको...

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा...