News Portal

  • नेता डिपी ढकालका कारण सुडालमा बिजुलीको समस्या समाधान

    मदन ढुंगाना/ भक्तपुर पोस्ट भक्तपुर, ३ भदौ २०७८
    ११४१ पटक
    भक्तपुर, ३ भदौ २०७८

    बिजुली भएर पनि राम्ररी बत्ति बाल्न नपाएका चाँगुनारायण ८ सुडालका स्थानीयले राहत पाएका छन् । लामिछाने टोल दोबाटोदेखि धुलिखेल चोकसम्मको बिजुलीको समस्या नेता डिपी ढकालका कारण समाधान भएको हो ।

    उक्त क्षेत्रमा लाइन बिस्तार र ट्रास्फर्मर जडान गर्ने कामको पहल गरेका नेता ढकालको सक्रियताका कारण वर्षौदेखिको समस्या समाधान भएको स्थानीय युवा नेता दिपेश लामिछानेले जानकारी दिए । उनका अनुसार लो भोल्टेजका कारण स्थानीय बिजुली भएर पनि बिजुलीको पर्याप्त उपभोग गर्नबाट बन्चित बनेका थिए । लाइन बिस्तार नहुँदा मानिसहरु अध्यारोमा बाच्न बाध्य बनाइएका थिए ।

    नेकपा (माओवादी केन्द्र)का भक्तपुर अध्यक्ष एवं चाँगुनारायण क्षेत्रका आशाका केन्द्र समेत रहेका युवा नेता डिपी ढकालले विद्युत प्राधिकरण र उर्जा मन्त्रालय सम्म पुगेर समस्या समाधान गरिदिएको स्थानीय युवा नेता बिनोद लामिछानेले बताए । आफूहरुले वडाभेलामा राखेको समस्या लाई उच्च प्राथमिकताका साथ् पहल गरी एकै महिनामा समाधान गरिदिएको भन्दै माओवादी केन्द्रका वडाध्यक्ष मदन श्रेष्ठले जिल्ला अध्यक्ष ढकालप्रति आभार प्रकट गरे ।

    विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या समाधानका लागि लाइन बिस्तार गर्ने काम र स्तरीय ट्रान्सफर्मर जडान गर्ने काम बिहीवार सकिएको विद्युत प्राधिकरणका भक्तपुर वितरण केन्द्र प्रमुख राजकुमार रमणले बताए । समस्या समाधानका लागि नेता ढकालले अवगत गराउना साथ् काम शुरु गरेको र स्थानीयको सहयोगले एक महिना भित्रै काम सम्पन्न भएको भन्दै उनले खुशी व्यक्त गरे ।

    स्थानीयका कतिपय समस्या आफूसम्म आइनपुग्ने र कतिपय समस्या योजनामा समावेश हुन नसक्दा र माथिल्लो तहमार्फत गर्नुपर्दा समय लाग्ने गरेको उनको भनाइ छ । सम्भव भएसम्म जनताको कामलाई आफूले उच्च प्राथमिकताका साथ् गर्ने गरेको उनले जानकारी गराए ।

    यस अघि पनि वर्षौ देखि लो भोल्टेजको समस्या बेहोरीरहेका चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका स्थानीय ६ सय घरपरिवारको समस्या नेता ढकालको पहल र बितरण केन्द्र प्रमुख रमणको तत्परताका कारण ६ महिनामै समाधान भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...