News Portal

  • सिंहदरवार रंगाएर श्रीमतीको उपचार गर्नखोज्ने सुनुवारलाई रसिकले दुवाकोट आएर दिए सम्मान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ असोज
    ६७५ पटक
    भक्तपुर, ३ असोज

    भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित छोरीको डेरामा बस्दै आएका दोलखाका श्रमजीवी एक जेष्ठ नागरिकलाई साहित्यकार गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा उनले जेष्ठ नागरिक दोलखा स्थायी घर भएका वीरबहादुर सुनुवारलाई नगद सहित सम्मान गरेका हुन् ।

    कान्तिपुरको शनिबार संस्करणमा वीरबहादुरको जीवन यात्रा र उनको संघर्षबारे छापिएको समाचार पढेपछि साहित्यकार
    रसिक उनलाई सम्मान गर्न आइतवार दुवाकोट आएका थिए ।

    शनिवार प्रकाशित समाचारमा वयोवृद्ध उमेरमा पनि सिंहदरवारका महल रंगाएर श्रीमतीको उपचार गर्ने लक्ष लिएर देशकै प्रमुख प्रशासनिक स्थल सिंहदरवारमा पुगेका वीरबहादुरको दु:ख देखाइएको थियो । उनकी श्रीमती लामो समयदेखि अल्जाइमर्सबाट ग्रसित बनेकी बताइएको छ । आर्थिक अभावमा उनको राम्रो उपचार हुन सकेको छैन ।

    गायक रसिकले हरेक वर्ष यसैगरी  सहयोग र सम्मान गर्ने घोषणा समेत गरेका छन् । वास्तविक नाम गणेशकुमार राई रहेका गणेश रसिक नेपाली साहित्यका कथाकार, कवि र गायक हुन् । यीनको जन्म भोजपुर जिल्लामा भएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...