News Portal

  • निर्मला पन्तका हत्यारा पत्ता लाग्ने छैनन

    पृथ्वीबहादुर सिंह
    ८५६ पटक

    समाज र राज्यको उत्पति भएदेखि प्राचीन साम्यवाद जसमा समूहको मूली महिला थिए । सामूहिक यौन भएकोले सन्तानको बाबु उनैले नै बताउथिन । मानव जनसंख्या बढ्न थाल्यो खाना खाने जंगली पशुहरु घरमा ल्याएर पाल्ने त्यसबाट दुध, दही, मही, अन्न, फलफुल खाएर पनि बाँच्न सकिन्छ तिनै घरपालुवा पशुहरु पनि घरमा खान सकिन्छ भन्ने पत्ता लगायो । जंगली घुमन्ते युगबाट एक स्थानमा स्थायी बसोबास गर्न थाल्यो । जब मानव जनसंख्या बढ्न थाल्यो खान बस्ने आवश्यकता पनि बढन थालेपछि समूह अलग भएर अर्को उब्जाउ भूमी पानी भएतिर बस्ती बढ्न थालेको हो । त्यही कविला युगमा समूहको रक्षा गर्नुपर्ने एक समूहले अर्को समूहले उत्पादन गरेको भूमी खाद्यान्न, पशुहरु हमला गरी लुट्ने क्रम सुरु हुन थाल्यो । त्यही रक्षाको लागि युवा पुरुषहरुको नेतृत्वमा रक्षादल खडा गर्न थालिएको हो । त्यो युवा समूहको नाइकेलाई नायक भन्न थालिएको हो । महिलाले सन्तान उत्पादन गर्नुपर्ने लडाईमा भाग लिँदा समस्या उत्पन्न हुने भएकोले बस्तीमा बसेर मूली भएर कार्य विभाजन गर्ने निर्देशन गर्न थालेकी हुन । त्यही कविला यूगको प्राचीन साम्यवादी यूगमा समूहलाई निर्देशन व्यवस्थापन गर्ने जिम्मेवारी बढी भएकोले शिक्षा दिने सम्पत्ती आर्जन गर्दा नै हिन्दु कविला समूहमा नेतृत्व गर्ने विद्याकी देवी सरस्वती धनकी देवी लक्ष्मी, युद्धकी देवी चन्डी, महाकाली र भगवती अनेक नामले अहिले पनि हिन्दु समाजले सम्झने त्यो दिनमा ब्रत बस्ने बालकलाई अक्षर सुरु गर्ने दशै तिहारमा लक्ष्मी भगवती, चन्डी, महाकाली देवीको स्थापना गरी पुज्ने गरिन्छ ।

    जब जब कविला जनसंख्या बढ्दै गयो समूह विभाजन हुँदै गयो । रक्षादल बलियो यूवाहरुको बन्दै गयो । त्यसपछि महिलाहरुको अधिकार पुरुषहरुले जर्वजस्ती छिनेर लिन थाले । एकले अर्को समूहको महिलाहरु पुरुषहरुलाई हत्या गरी भगाइ ल्याएर यौन दासी बनाउन थालेको हाम्रै हिन्दु ग्रन्थ पढेपछि थाहा पाइन्छ । पुरुषहरुले जग्गा जमिन जित्ने समूहले आफ्नो बनाएपछि दास दासी जन्मिएका हुन । पौराणिक कालका हिन्दु साहित्य पढेपछि यो राजाका यति यति दास दासीहरु, पटरानीहरु, थिए भनी बोल्दछन् । तिनै हार्ने समूहका राजाका रानीहरू दास समूहका हुन् ।

    त्यही रक्षादल खडागरी पठाएको नायक यूवा कालान्तरमा हिन्दुको ठकुरी पदवी ग्रहण गरेको पाइन्छ । त्यो कुनै फरक जात धर्मको होइन । त्यही सिन्धु घाँटी सभ्यताबाट अपभ्रंश भइ हिन्दुहरुले उत्पादन गरिएको हो । त्यही ठकुरी अनेक हिन्दु जातजाती महिला बन्दीको साहित्य लेख्ने बिदुषी मनुले मनुस्मृति लेखेर ठकुरीलाई राजा पदवी बनाएर पुरुष शरिरको बिभाजनको कर्मको ब्याख्या गर्न पुगे । त्यही मनुस्मृतिमा टेकेर हिन्दु कविला राज्यका राजाहरुले आफनै समुहमा कार्य विभाजन गरी समाज व्यवस्थापन गरेका मानिसहरु छुत अछुत उच–निच अनेकौ जातभातको अत्यन्त अमानवीय अत्याचार गर्न पाउने संविधान कानुन नीति नियम स्वच्छ हिन्दु धर्ममा धार्मिक सांस्कृतिक शोषण गर्न धार्मिक साहित्य ग्रन्थहरु अत्यन्त काल्पनिक तथ्यहरु थपिए ।

    त्यहीबाट लिंग वर्ग विभाजन समुहमा लुटेको सम्पत्ती जग्गा जमिनहरु राजाको हुने राज दरवार राजाका नजिक बस्ने दरवारीयाहरुले राज्यको सम्पत्ती जग्गा जुनकुनै कामको लागि प्रयोग गर्न पाउने कविला राजा दरवारीयाहरु नीति–थीति बलको भरमा बसाले । वर्ग लिंङ्ग बिभाजनले राजाले राजाकी छोरी ल्याउने दिने अन्य दरवारीयाहरु अन्य राज्यका दरवारीयाहरुसँग विबाह गर्ने जग्गा सम्पत्ती राज्य काटेर दाइजो दिने हिन्दु समुहमा चलन चल्न थालेको हो ।

    अरु धर्म समुहमा पनि थियो । इतिहासको अध्ययन गर्दा पाइन्छ त्यो दाइजो प्रथा अहिले तलतल जनतामा आएर बिबाह गर्ने घाँडो भएको छ । प्राचीन साम्यबादमा महिला बलात्कार हुँदैन थिए । बरु यौन इच्छा भए अन्य पुरुषहरुसँग यौन बासना तृप्ति गरेको पौराणिक कथाहरुमा पाइन्छ । त्यही कविला कालमा महिलाका सम्पूर्ण अधिकार छिनेर लिएपछि बहुबिबाह प्रथा राजाकी रानीले सत्ता प्रयोग गर्न नपाउने र यौन पनि लुटन नपाउने र राजाको मृत्युमा जिउदैसंगै जलाउने सति प्रथा लागु गरियो । हामै्र नेपालमा श्री ३ चन्द्र शमशेर प्रधानमन्त्री भएको समयमा सति प्रथा अन्त्य गरिएको थियो ।

    अहिले पनि हिन्दु मुस्लीम समुदायमा महिला बलत्कार गर्ने दाइजो नपाए हत्या गर्ने महिला एक्लै पाए बलात्कार गर्ने न्याय निसाफ नदिने हत्या बलात्कार हुदाका सबुद प्रमाणहरु मेटाउने न्याय दिने सस्थामा बसेका अनेकौ प्रकारका सिस्वस्त खाएर महिला बलात्कारी हत्याराहरुलाई कारवाही हाम्रो जस्तो अल्प विकसित मुलुकमा नगरेको व्याप्त छन । अहिले विकसित भनिने पश्चिमका धेरै मुलुक अन्य बिश्वका मुलुकहरुमा यौन बैवाहिक स्वतन्त्रता ल्याउन महिलाहरु चुलो चौको आन्दोलन देखि पुरुष ज्यादती विरुद्ध बन्दुक उठाएर अधिकार लिएकाले त्यहाँ प्राय बलत्कार र हत्याका घटना हुँदैनन । प्राय ती मुलुकहरु यौन स्वतन्त्रताका कारणले बेश्यालयहरु खुला छन । हाम्रो जस्ता मुलुकमा बेश्यालयहरु छैनन । बेश्या बृद्धि गर्दै कालो धन कमाइ अकुत सम्पत्ती कमाएको पनि थाहा छैन । हाम्रो नेपालको राज्य व्यबस्थाका सबै अंगहरु अहिले पनि महिला न्यायको पक्षमा छैनन । निर्मला पन्त जस्ता बलात्कार पछि हत्या गरिएका जो प्रधानमन्त्री आए पनी न्यापाउने छैनन । शेरबहादुर देउवा प्रधानमन्त्रीका पालामा पनि न्याय पाउने छैनन । न्याय पाउन त पहिले महिलाहरु एकजुट हुनुपर्यो । महिला माथि हुने गरेका ज्यादती बिरुद्ध धार्मिक सांस्कृतिक सामन्ती परम्पराबाट दबिनुपर्ने प्रथा बिरुद्ध बैधानिक अबैधानिक बाटोबाट आन्दोलन समान अधिकार समान काम प्रतिष्प्रधा गर्छु भनि बिद्रोह गर्नु पर्यो नि । यो आन्दोलन त पहिले आफनो घरबाट सुरु गर्नु पर्यो । बैक्यानी महिलाहरुले तब मात्रै न्याय पाउलान ।

    आजका दाइजोबाट मारिने बलत्कार पछि हत्या गरिने निर्मला पन्तहरुले सबै महिला दिदीबहिनी आमाहरुमा चेतना भया । अधिकार मागेर पाइदैन, खोसेर लिनुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...