News Portal

  • भक्तपुरका २० सास्कृतिक गुरुहरु सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असोज २०७८
    १०९० पटक
    भक्तपुर, ११ असोज २०७८

    भक्तपुर नगरपालिकाले नगरका २० सास्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर सोमबार उनीहरुलाई सम्मान गरिएको हो । कला र संस्कृति संरक्षणका विभिन्न विधाका योगदान गरेवापत उनीहरु सम्मानित भएका हुन् ।

    सम्मानित हुनेहरुमा वडा नं. १ का गोविन्द भुजु र विकुबहादुर दुवाल, वडा नं. २ का विष्णुभक्त सुवाल र लक्ष्मीभक्त कुस्मा, वडा नम्बर ३ का लक्ष्मीप्रसाद मानन्धर र गणेशबहादुर त्वायना, ४ का मंगलाल ग्वाछा र लक्ष्मीभक्त घेमोसु तथा ५ का रामलाल माक र रत्नभक्त ध्वजु रहेका छन् । त्यसैगरी वडा नम्बर ६ का विष्णु सुवाल र विष्णुभक्त सिजख्व, ७ का दिलबहादुर त्यात र इन्द्रबहादुर लाखा, ८ का बुद्धिसागर प्रजापति र रामभक्त गणेजु श्रेष्ठ, ९ का विष्णुभक्त कुसी र मानबहादुर चोलेखो एवं वडा नम्बर १० का हरिभक्त मगजु र शिवभक्त बनमाला सम्मानित भएका नगरपालिकाले जनाएको छ ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांस्कृतिक गुरुहरुलाई रु. १५ हजार नगदसहित अध्यक्ष बिजुक्छेंले प्रशंसा पत्र प्रदान गरेका थिए। साथै,नगर प्रमुख प्रजापतिले दोसल्ला ओढाएका थिए भने उपप्रमुख जोशीले फूलमाला लगाइ सम्मान व्यक्त गरेकी थिइन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिंदै भक्तपुरको कला, संस्कृति र भाषा स्थानीय व्यक्तिहरुलाई सिकाउँदै लानुपर्ने सुझाव दिए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सास्कृतिक गुरुहरुको सम्मन गर्ने कार्यलाई निरन्तरता दिन पाएको प्रति सन्तोष व्यक्त गर्दै उनीहरुको योगदानको प्रशंसा गरे । भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उनले भक्तपुर नगरपालिकाले दाताको दबाबको सहयोग नलिई जनताको साथ र सहयोग लिएर स्वाभिमानपूर्वक संरचना पुनर्निर्माण गरेको दावी गरे ।

    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई,भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी,संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व लगायतले भक्तपुरले सांस्कृतिक गरिमा कायम गर्न सकेको प्रति गर्व गरेका थिए । उक्त अवसरमा स्थानीय पथप्रदर्शकहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...