News Portal

  • बिजुक्छेलाई भेट्न निवासमै पुगिन् सिडिओ शर्मा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ असोज २०७८
    २७२१ पटक
    भक्तपुर, १२ असोज २०७८

    भक्तपुर जिल्लामा सरुवा भै कार्यभार सम्हालेकी नयाँ सिडिओ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग भेटवार्ता गरेकी छन् । मंगलवार बिहान निजी निवास कमलविनायक पुगी उनले अध्यक्ष बिजुक्छेसंग भेटवार्ता गरेकी हुन ।

    उक्त भेटवार्ता कुनै एक विषयमा केन्द्रीत नभई  शिष्टाचार भेट मात्र भएको पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले जानकारी गराए । उक्त अवसरमा जिल्लाको शान्ति-सुरक्षा, जनस्वास्थ्य, संस्कृति तथा सम्पदा संरक्षण, सरसफाइ तथा वातावरण, शिक्षण संस्था तथा अस्पताल र महिला समस्या तथा न्यायिक चेतना लगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।

    भेटवार्ताको क्रममा सिडिओ शर्मालाई अध्यक्ष बिजुक्छेंले जनताको पक्षमा काम गर्न र विवाद रहित कार्यसम्पादन गर्न सुझाव दिएका थिए । उनले पार्टीद्वारा प्रकाशित पुस्तकहरु उपहार दिदै सिडिओ शर्मालाई सफल कार्यकालको शुभकामना समेत दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...