News Portal

  • प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

    भक्तपुरपोष्ट संवाददाता५ कार्तिक २०७८
    ७३६ पटक
    ५ कार्तिक २०७८

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

    शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताएका छन् ।
    उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना,उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सकेको खण्डमा मात्र यसले आफ्नो उद्देश्य पूरा गर्नेमा जोड दिए ।

    प्राविधिक विद्यालयको लक्षित समुदाय भनेको आधारभुत जनता भएकाले जनताको जिवस्तार सुधार गर्न दक्ष जनशक्ति उत्पादनमा परिषद्को भूमिका अहम हुने उनको बुझाई छ । उनले भने,– ‘सीटीईभीटी दक्षजनशक्ति उत्पादन, ज्ञान , रोजगारी र उत्पादनमा केन्द्रित हुनुपर्छ ।’

    सीटीईभीटीको २०६९ सालदेखि रोकिएका सम्बन्धनको विषयमा टुंगो लगाउँदै आवश्यकताको आधारमा स्थानीय तहमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न सम्बन्धन दिनपर्ने मन्त्री पौडेलले बताएका छन् ।

    ३० वर्ष लामो इतिहास बोकेको सिटीईभीटी एक प्रकारको विश्वविद्यालय भएको उनको भनाइ छ ।

    कर्मचारीले ज्ञान र लामो अनुभवलाई उत्पादनसँग जोडेर आधारभूत जनताका छोराछोरीलाई सिप सिकाउँदै रोजगारीमा जोड्नुपर्नेमा मन्त्रीको जोड रहेको छ ।

    ‘अहिलेसम्मको ज्ञान र सिपलाई प्रयोग गरेर रोजगारी सृजना गर्नुपर्छ,’मन्त्री पौडेलले भने– कानुनी जटिलता छन् भने बुँदागत रुपमा हल गरौं ।’

    मन्त्री पौडेलले संविधानमा लेखिएको सीप सिक्ने, काम गर्ने, र आत्मनिर्भर बनाउने राज्यको नारा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

    देशमा आंगिक शिक्षण संस्था लैजाने विषयमा आवश्यकताको अध्ययन गरी सम्बन्धन दिन सकिने बताउँदै राजनीतिक दबावमा आफूले काम नगर्ने उनको भनाइ छ ।

    यस्तै, शिक्षा राज्य मन्त्री वोधमाया कुमारी यादवले सीटीईभीटीले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई स्विकृति प्रदान गर्न आवश्यक रहेको बताइन् ।

    उनले भनिन् –‘प्राविधिक शिक्षा जनमूखी छ यसलाई गाउँगाउँमा पुर्‍याउनुपर्छ ।’

    सीटीईभीटीको आवश्यकता र औचित्यको विषयमा मन्त्रीलाई प्रष्ट पार्दै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गुणस्तरीय पूर्वाधार विना नै विद्यालयलाई सम्बन्धन दिन नहुने बताएका छन् । उनले भने कर्मचारी अभावका कारण सीटीईभीटी आफंैमा समस्या ग्रस्त छ । स्थायी दरबन्दी छैन । करारमा कार्यरत कर्मचारीको भरमा चलेको छ ।’

    उनले सरकारले जारी गरेको राष्ट्रिय शिक्षा निति २०७७ ले ७० प्रतिशत प्राविधिक शिक्षामा जोड दिनुपर्ने भनेपनि प्राविधिक शिक्षालय जनशक्ति अभावमा थल्लिनुपरेको बताएका छन् । संघीय शिक्षा ऐन जारी नहुँदा समस्या देखिएको भन्दै प्राविधिक शिक्षालयमा बजेटको व्यवस्थापन पनि नमिलेको उनको भनाई छ ।

    परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सिटिइभिटी कर्मचारी अभाव, व्यवस्थापन र पदपूर्ति जस्ता विषयमा अन्योल ग्रस्त भएको बताएका छन् । उनले प्राविधिक शिक्षालाई सिप, श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...