News Portal

  • सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ कात्तिक २०७८
    ६४८ पटक
    भक्तपुर, ७ कात्तिक २०७८

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका जनप्रतिनिधि र पंजीकरण अधिकारीहरुलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरेको हो ।

    आइतवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय परिचय पत्रको महत्व र यसका लागि विवरण भर्ने प्रक्रियामाथि प्रकाश पारिएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरकी सहायक सिडिओ सिता परियारले यसबारे प्रस्तुती दिँदै कसरी राष्ट्रिय परिचयपत्र लाई त्रुटिरहित र विश्वासिलो बनाउने भन्ने बारे बताएकी थिइन् । उनले नागरिकताको आधारमा विवरण भर्दा हुनसक्ने गल्तीहरुबारे सचेत गराउदै रुजु अधिकारीलाई जिम्मेवार भएर राष्ट्रिय अभियान सफल पार्न प्रोत्साहित गरेकी थिइन् ।

    उक्त अवसरमा भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा जनप्रतिनिधि र रुजु अधिकारीका प्रश्नहरुको उत्तर दिँदै थप जिम्मेवार बन्न र आ आफ्नो दायित्व इमान्दारिताका साथ् पुरा गर्न अपिल गरिन । जिल्लाका नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनका लागि विवरण दर्ता कार्य अनिवार्य भएको भन्दै उनले विवरण दर्ता गर्नका लागि आएका नागरिहरुले पेश गरेका दरखास्त लगायतका विवरणहरु भर्ने, रुजु गर्ने र प्रमाणित गर्ने कार्य नागरिकता अनुरुप चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिईन् ।

    राष्ट्रिय परिचयपत्र बहुउपयोगी र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकको विवरण भर्ने वातावरण बनाइदिन उनले जनप्रतिनिधिहरु समक्ष अनुरोध समेत गरेकी थिइन् ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कमलनाथ आचार्यले स्थानीय तहमा आएका पंजीकरण अधिकारीहरु तालिम प्राप्त नभएका र स्थानीयलाई विवरण भर्न प्रोत्साहित गर्नुको साटो भड्काउने शैलीमा प्रस्तुत हुनेगरेका आरोप लगाउदै अभियान सफल हुनेमा आशंका प्रकट गरेका थिए ।

    उक्त अवसरमा नगर प्रमुख बासुदेव थापाले राष्ट्रिय परिचयपत्रको महत्व बारे स्थानीय जनतालाई बुझाउनु जरुरी रहेको बताए । उनले विवरण संकलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरेका थिए । राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्यमा खटिएका कर्मचारीहरुको व्यवहार सेवाग्राही मैत्री हुनुपर्ने सुझाव दिदै उनले नगरपालिकाले प्रत्येक वडामा यसको अनुगमन गर्ने समेत स्पष्ट पारे ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत लगायत जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेल,जिप्रकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मीला खतिवडा, वडाका रुजु अधिकारीहरु लगायतको सक्रिय सहभागिता रहेको थियो ।

    के हो राष्ट्रिय परिचयपत्र
    “राष्‍ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ । यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्‍त गर्नु भनेको राष्‍ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्‍याउनु हो ।

    नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्‍ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसको जिम्मेवारी पाएको छ । जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई यसको जिम्मा दिईएको छ ।

    यस्तो छ अवस्था
    जिल्ला प्रशासन कार्यलयमा“फिल्ड कार्यालय” स्थापना गरिएको छ । यसको मातहत स्थानीय वडाहरुमा इकाई खडा गरी विवरण संकलन गरिने व्यवस्था मिलाइएको छ । भक्तपुरको सूर्यविनायक र चाँगुका केहि वडाहरुमा इकाई स्थापना गरी विवरण भर्ने कार्य शुरु समेत भैसकेको अवस्था छ । भक्तपुरमा हालसम्म १८ हजार नेपाली नागरिकले विवरण भरिसकेका जिप्रका भक्तपुरको भनाइ छ । यसै महिनाबाट यो कार्य सबै नगरपालिकामा बिस्तार गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...