News Portal

  • न्यायाधीशहरु विरुद्ध महाअभियोग लगाउनुपर्नेमा नेमकिपाका नेताहरुको जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ मङ्सिर २०७८
    ६०६ पटक
    भक्तपुर, ३ मङ्सिर २०७८

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले शक्ति पृथकीकरणको सिद्धान्त केवल पढ्ने र पढाउने विषय मात्र भएको गुनासो गरेका छन् । देशका अदालतको सर्वोच्चता कायम हुन गएको टिप्पणी गर्दै उनले उक्त गुनासो गरेका हुन् ।

    शुक्रवार कानून अध्ययन समाज नेपालद्वारा भक्तपुरमा आयोजित ‘वर्तमान राजनीतिक स्थिति र न्यायपालिकामा देखिएको सङ्कट विषयक विचार गोष्ठीमा बोल्दै सांसद सुवालले प्रधानन्यायाधीश र न्यायाधीशहरू शासक दलहरूको प्रभाव र दबाबमा परेक आरोप लगाउदै सोहीकारण न्यायालयमा बेथिति बढेको दावी गरे । न्यायालयको पछिल्लो बेथितिबारे बोल्दै उनले सर्वोच्च अदालत लगायत न्यायापालिकामा देखिएको बेथिति र जटिलताको लागि पटक पटक सरकारको नेतृत्व गरेका शासक दलहरू जिम्मेवार रहेका आरोप लगाए ।

    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान र कानून विपरीत काम गर्ने न्यायाधीशहरुको विरुद्ध महाअभियोग लगाउनु पर्ने बिचार व्यक्त गरे । ” महाअभियोग लगाउन दबाब दिनुपर्दछ ।” प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    उनले न्यायाधीश नियुक्ति दलीय भागबण्डामा नभई स्वतन्त्र हुनुपर्ने आवश्यकता औल्याउदै त्यसो नहुँदा सम्म स्वतन्त्र न्यायपालिका सम्भव नहुने खुलासा गरे ।

    कार्यक्रममा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीले संविधानमा कैयौं त्रुटीपूर्ण रअस्पष्ट व्यवस्थाहरू रहेका र तिनले विवाद जन्माइरहेको बताउदै न्याय परिषद्, संवैधानिक परिषद् र संसदीय सुनुवाइको संवैधानिक प्रावधानमा व्यापक सुधार आवश्यक भएको प्रष्ट पारे ।

    उक्त अवसरमा कानुन अध्ययन समाज नेपालका केन्द्रीय अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिले न्यायपालिकाको संवैधानिक व्यवस्थाबारे प्रस्तुतीकरण पेश गरेका थिए । कार्यक्रममा समाजका सदस्य अधिवक्ता प्रकाश थुसाले न्यायपालिका भित्रको विकृति र हरिकृष्ण कार्की समितिको प्रतिवेदन तथा अर्का सदस्य अधिवक्ता मनोज ज्याख्वले कानुन व्यवसायीहरूको चालु आन्दोलनको अवस्था विषयमा प्रस्तुतीकरण पस्तुत गरेका थिए ।

    कानुन अध्ययन समाज नेपाल भक्तपुरका अध्यक्ष राजु कैटी अध्यक्षतामा सम्पन्न कार्यक्रममको संचालन अधिवक्ता अनिता जधारीले गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...