News Portal

  • बाहिरियो प्रहरी नेतृत्व भित्रको विवाद, आइजीपी शैलेशलाई पालमाथि शंका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ मंसिर २०७८
    ५५८ पटक
    भक्तपुर, ५ मंसिर २०७८

    नेपाल प्रहरीको नेतृत्व भित्रको विवाद बाहिर आएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आफ्नो अनुपस्थितिमा तेस्रो बरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएपछि उक्त विवाद बाहिर आएको हो ।

    महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा भाग लिन आइतबार टर्कीको ईस्तानबुल प्रस्थान गरेका छन् । उनले आफ्नो अनुपस्थितिमा संगठनमा तेस्रो बरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका छन् ।

    आइजीपी क्षेत्रीपछिको बरियतामा रहेका एआईजी हरिबहादुर पालले निमित्त दिइएको विषयलाई लिएर असन्तुष्टि जनाएका बुझिएको छ । कनिष्ठलाई निमित्त दिएको भन्दै उनी बिदामा बसेका छन् ।

    क्षेत्री भर्खरै भारत भ्रमणमा जाँदा पनि उनले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । कार्की उनको भक्तपुरको कटुन्जेस्थित घर नजिकैका छिमेकी पनि हुन् । पछिल्लो समय क्षेत्री र पालको सम्बन्ध चिसिएको चर्चा प्रहरी संगठनमा चलिरहदा पाललाई निमित्त नदिएर आइजीपी क्षेत्रीले त्यसलाई पुष्टि गरिदिएका छन् ।

    शैलेश थापा क्षेत्री आइजीपी हुने बेला पालले सौहार्दता देखाए पनि केपी ओलीको सरकार परिवर्तन भएसंगै थापाले पालबाट खतरा महसुस गरेका श्रोतको दावी छ । प्रहरीमा संगै भर्ना भएर सँगै तालिम गर्दाका घनिष्ठ साथीहरू नै माथिल्लो पद प्राप्तिका लागि आफ्नै साथीहरुको खुट्टा तान्न तल्लीन हुन्छन । प्रहारी प्रमुख (आइजीपी) बन्न हुने अस्वस्थ प्रतिस्पर्धा नेपालमा अब लुकेको छैन । त्यतिमात्र होइन, आइजीपी भइसकेपछि पनि आफ्ना ब्याजी एआइजीहरूले अपदस्थ गर्लान कि भनेर त्रास पनि देखिन्छ । त्यसैको परिणती वर्तमान घटनालाई मान्न सकिने जानकारहरु बताउछन ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...